मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

जेसिकाको बहिनीले भनिन्- `बालदीप हो दोषी` (भिडियो सहित)

अनुप भट्टराई, काठमाण्डौ, 2012/06/16

स्वर्गीय अभिनेत्री जेसिका खड्काको बहिनी प्राप्तीले दुई व्यक्तीको चर्को दबाबले आफ्नी दिदीले आत्महत्या गर्न बाध्य भएको खुलासा गरेकी छिन् । शुक्रबार चलचित्र कलाकार संघले आयोजना गरेको शोक सभामा जेसिकाको फुपुको छोरी प्राप्तीले बालदीप राईको चर्को तनावका कारण दिदीले आत्महत्या गरेको बताईन् ।  यसैगरी उनले काठमाण्डू न्यूरोडमा रहेको रामेश्वर मिठाई पसलका बाउन्सर गोकुल सुवेदीले पनि दीदीलाई बेलाबेलामा चर्को तनाव दिने गरेकाले दीदीको मृत्युमा दुई मध्ये एकको हात रहेको बताएकी छिन् ।

सम्पूर्ण प्रेस र कलाकारको सामुन्ने उनले विशेषत बालदीप राई जो फिल्म क्षेत्रमा कलाकार सहित प्रोडक्सन कन्ट्रोलरले परिचित छन् उनी बढी दोषी रहेको बताईन् । यस्तै उनले फिल्मीखबरसंग छुट्टै कुराकानी गर्दै आत्महत्या हुनु अघिल्लो दिन जेसिकाले आफूलाई कल गरेर विभिन्न तनाव पोखेको पनि बताईन् । उनले भनिन्, 'दुई जनाको कारण धेरै टर्चर पाएको भन्दै दिदीले गुनासो गरिरहेकी थिई तर भोलीपल्टै त्यस्तो खबर सुन्नेपछी म छाँगाबाट झरे जस्तै भएँ ।' पाँच महिना अघि सम्म दिदीकै डेरामा बस्दै आएकी उनी हाल ईटहरीमा थिईन् र घटना हुने समयमा दार्जिलिङमा भएका कारण यो बिषयमा मुख खोल्न समय लागेको बताईन् । 

 

 

घटना भएको राती दश बजे सम्म बालदीप जेसिकाकै डेरामा रहेको भाई युनिकले जानकारी गराए । तर त्यतिबेला कुनै किसिमको तनाव दिदीमा नदेखेको उनले बताए । गोकुल र बालदीपले जेसिकालाई मन पराउथे जसकारण यि दुईको जेसिकाको बिषयमा झगडा पनि भएको युनिक बताउछन् । उनले भने 'दिदीको बिषयमा उहाँहरू बीच झगडा पनि भएको थियो तर यति सम्म होला भन्ने सोचेका थिएनौं ।'

 यस्तै प्राप्ती र युनिकका अनुसार बाउन्सर गोकुलले पुतलीसडकको बीच बाटमो जेसिकालाई पाँच महिना अघि थप्पड हान्दै दुर्व्यबहार गरेको र दरबारमार्गमा पनि त्यस्तै हर्कत गरेको बिषयले उनी तनावमा थिईन् । जुन तनावले द्धन्दको रूप लिएपछी गोकुल र बालदीपको झगडा भएको हो । 'हाम्रो अगाडी उसले दिदीलाई सधै नराम्रो बनाएर आफू राम्रो हुन खोज्थ्यो र दिदी एक्लै हुदा धेरै तनाव दिने गथ्र्यो', प्राप्तीले भनिन् । यस्तै उनले गोकुल भन्ने ब्यक्तिले आफूलाई विना कारण  भेट्न पनि  बोलाउने गरेको बताईन् ।  

मृत्यु अगाडी सम्बन्धको बिषयमा चर्चा नभएपनि मृत्यु पछी जेसिका आफ्नो प्रेमिका रहेको  र शारिरीक सम्बन्ध पनि हुने गरेको बालदीपले खुलाशा गरेपछी यो बिषयले अर्को मोड लिएको छ । परिवार भन्दा निकट प्रोड्यूसर सरोज शर्मा आफैले बालदीपसंग जेसिकाको प्रेम रहेको लाशको मुचुल्का उठाउने बेलामा मात्र थाहा पाएको बताए । उनले भने, 'हरेक कुरा शेयर गर्ने उनले यो कुरा नभनेकोमा आश्चर्य व्यक्त गर्दै बालदीपले पनि कुनै जानकारी नगराएको उनले बताए ।

 

प्रेम जेसिकाको तर्फबाट दुवैजनासंग थियो वा जेसिकालाई मात्र उनीहरूले मन पराएका थिए त्यो पूर्ण रूपमा खुलिसकेको छैन तर घटनालाई सर्सर्ती हेर्दा के प्रष्ट भएको छ भने जेसिका आत्महत्याको ट्रान्जिट पोईन्ट प्रेम प्रसङ्ग नै हो । नारीको शत्रु भने पनि उसको रुप मित्र भने पनि उसको रुप भन्ने उखान जेसिकाका हकमा ठयाक्कै मिलेको पाईन्छ । अपरान्ह ३ बजेदेखि सुरू शोक सभामा अधिकाश फिल्मकर्मीकर्मीले जेसिकालाई आत्महत्या गर्न बाध्य जो सुकै ब्यक्तिलाई  सजाय दिनु पर्ने माग राखेका छन् ।

 

शोक सभामा प्राविधिक संघ, द्धन्द कलाकार संघ, निर्माता संघका पदाधिकारी, कलाकार हरिहर शर्मा, रबिन्द्र खड्का, लयसंग्रौला, राधा लम्साल, लक्ष्मी गिरी लगायतले ज्यान जाने गरी तनाव दिने जो कोही ब्यक्ति भए पनि छाड्न नहुने बताए । यसैगरी कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीले दोषी चिन्ह आफ्नो संस्थाबाट सम्पूर्ण सहयोग रहने बताए । उता जेसिकाको परिवारले कलाकार संघ सहित फिल्मसंग सम्बन्धीत संघसंस्थालाई बोधार्थ निवेदन लेख्दै महिला अधिकारकर्मीको सहयोगमा घटनाको छानविन बृहत ढङ्गमा गर्न  प्रहरीमा जाने  तयारी गरेको छ ।