मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई फिल्मको रिलिज डेट हेरफेर

फिल्मीखबर, काठमाण्डौ, 2012/06/15

भदौमा २९ मा रिलिज हुने तयारीमा रहेका दुई फिल्मको रिलिज डेट हेरफेर गरिएको छ । सो डेटमा करिब ६ वटा फिल्म रिलिज हुने भएपछी वितरक सुनिल मानन्धरले रामप्रसाद रिजालको 'धुवाँ यो नशा' लाई एक हप्ता वर सारिदिएका छन् भने सोभित बस्नेतले निर्धारित समयमा 'जाउँ हिड पोखरा' को सुटिङ नसक्ने भएपछी उनको फिल्म डेढ महिना पर धकेलिएको छ ।


आर्यन सिग्देल र निशा अधिकारी लिड रोलमा रहेको 'धुवाँ यो नशा' अब भदौ २२ मा देश भर एक साथ लाग्नेछ । यसैगरी रेखा थापा र जिवन लुईटेल लिड रोलमा रहेको शोभितको फिल्म कात्तिक २८ मा मात्र रिलिज हुने छ । 'एक महिना हुन लाग्दा पनि सुटिङ २० प्रतिशत मात्र सकियो तसर्थ पूरै सुटिङ सक्न अझै एक महिना लाग्ने भएकाले अर्को रिलिज डेट तोक्न बाध्य भएको हुँ', शोभितले जानकारी गराए ।

 

शोभितले पच्चिसौ प्रोजेक्ट सम्भवत आफ्नो अन्तिम निर्देशन रहने भन्दै जाउँ हिड पोखरालाई सुस्त गतिले हाई मेकिङ गरिरहेको बताए । हाल पोखरामा चलिरहेको सो फिल्मको सुटिङ जोमसोम सहित सर्लाही पुगेर मात्र प्याकअप हुने छ । 'हाम्रो फिल्म कमजोर छैन यध्यपी अरुसंग नजुधाउने भन्दै सोलो रिलिजका लागि २२ को मिति तय गरिएको हो', धुवाँ यो नशाको निर्माता रिजालले बताए । उनका भाई लक्ष्मण रिजालको निर्देशन रहेको  सो फिल्मको बाँकी रहेको पाँच प्रतिशत सुटिङ्ग काठमाण्डूमा धमाधम भईरहेको छ ।