रिलिजको लिष्टमा यो बर्ष सुमन सिंहको अर्को फिल्म पनि थपिने भएको छ । गत बर्ष जिवन लुईटेलको निरन्तर ६ वटा फिल्म रिलिज भएका थिए जसकारण सो बर्ष जिवन चर्चाका पात्र बने । तर यो बर्ष सुमनको फिल्म रिलिज संख्या दस पुग्ने निश्चित भएपछी सुमन एकातर्फ हर्षित पनि छन् र अर्को तर्फ चिन्तित पनि ।
धेरै फिल्म रिलिज हुँदा उनको बिषयमा चर्चा धेरै हुने हुँदा उनी सो बिषयले खुशी हुनु स्वभाविक हो तर अर्को तर्फ हरेक महिना आफ्नो फिल्म रिलिज हुँदा दर्शकले स्टार भ्याल्यूलाई सस्तो ठान्लान कि भन्ने डर पनि छ उनीलाई । तर पनि यो बर्ष रिलिज हुने आफ्ना केही फिल्मले कुनै किसिमको नजिर स्थापना गर्ने उनको तर्क छ । यो बर्ष सुमनको सम्झीराख पहिलो रिलिज फिल्म बन्यो जसको बिजनेस सन्तोषक जनक हुन सकेन ।
यस्तै श्रावण १२ मा ॐ, भदौमा २९ मा ब्ल्याकमेल र रंग पनि सोहि छेकोमा रिलिज हुने कुराले उनी स्तब्ध छन् । किन कि अपेक्षित फिल्म एकै महिनमा रिलिज हुँदा विजनेसमा तलमाथि हुने डर छ उनीमा । सुमन हाल बिजय केरूङ निर्देशित फिल्म कटेरोको सुटिङमा ब्यस्त छन् । गत जेठ पच्चिस देखि सुटिङ सुरु भएको सो फिल्म पनि यहि बर्ष रिलिज हुने निर्देशकले जानकारी गराए । 'सम्भवत भदौ महिनामा विदेशमा यो फिल्मको शो राख्ने छौ अनि दशै छेकोमा यहाँ रिलिज गर्ने प्लान छ', सुटिङ सेटमा भेटिएका निर्देशक केरुङले भने ।
कटेरो गाईनेको कथामा आधारित फिल्म रहेको निर्देशक बताउछन् । यो फिल्मको नाम सुरुमा गन्धर्व तय गरिएको थियो तर निर्देशक युवराज लामाले सो फिल्म बनाउने तयारी सहित विकास बोर्डमा सो टाईटल दर्ता गरेकाले आफ्नो फिल्मको टाईटल कटेरो राखिएको निर्देशकको भनाई छ । निर्देशकले फिल्ममा राणा काल समय देखि हालको अवस्था सम्मको कथा बुनिएको बताए । उनले भने, 'पहिले पहिले जसरी हाम्रा कथाहरु बलियो हुन्थे त्यस्तै बलियो कथा यो फिल्ममा छ ।'
पन्ध प्रतिशत सुटिङ सकाएको सो युनिट बाँकी सुटिङका लागि दई दिनपछि नारायणघाट प्रस्थान गर्दैछ । कटेरोमा सुमनका अलावा ऋचा सिंह ठकुरी र मुकेश आचार्य लिड रोलमा छन् । सुमन यो फिल्मको सुटिङ सकिए लगत्तै धुवाँ फिल्ममा ब्यस्त हुने छन् जुन फिल्म पनि यहि बर्ष रिलिज हुनॆ छ । जसकारण यो बर्ष उनीद्धारा अभिनित दस वटा फिल्म रिलिज हुने करिब फाईनल भएको छ । बिहिबार कटेरोको सुटिङ काठमाण्डूको जोरपाटी स्थित नयाँ बस्तीमा भईरहेका बेला फिल्मीखबर लिएको केही तस्बिर पहिलो पटक मिडियामा ।




.jpg)


