
भाद्र २९ गते रिलिज मिती तय गरिएको फिल्म 'बडीगार्ड' को रिसुट गरिने भएको छ । फिल्मको केहि सिन चित्त नबुझेकाले केहि दिनमा रिसुट गरिने निर्माता सुशिल पोखरेलले फिल्मीखबरलाई जानकारी गराए ।
फिल्म को रिसुट गर्ने भएपछि बडीगार्ड नायक आकाश शाह केहि दिनमा भारतबाट नेपाल आउँदैछन् । निर्माता पोखरेलका अनुसार मेकिङका कम्रमाईज नगर्न र दर्शकलाई राम्रो फिल्म दिन रिसुट गरिन लागिएको हो । पोखरेल भन्छन्, 'खर्च बढ्ने भयो तर पनि मलाई चिन्ता छैन । राम्रो फिल्म बनाउन म जुनसुकै कम्रमाईज गर्न पनि तयार छु ।' रिसुट तीन दिनसम्म हिरो र हिरोईन सौजन्य सुब्बा दुबैको हुनेछ ।
रेगुलर मेकरको रुपमा परिचित पोखरेलको बडीगार्ड आउट एण्ड आउट एक्सन लभस्टोरी शैलीको फिल्म हो जसलाई राजेन्द्र उप्रेतीले निर्देशन गरेका हुन् । फिल्ममा आकाश र सौजन्यको साथमा दिव्वेश्वर गौतम, दिपेन्द्र चन्द ठकुरीको पनि मुख्य भुमिका रहेको छ । शिबम अधिकारीको लेखन रहेको सो फिल्ममा हिमाल केसीको द्धन्द, तथा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । फिल्मको महाराजगंज स्थित रेड स्टुडियोमा पोष्टप्रोडक्सनको काम भईरहेको छ ।