मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अफ्रिकन फिल्म फेस्टिवलमा नेपालको एउटा मात्र फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2012/06/14

कलेज अफ जर्नालिजम एण्ड मासकम्युनिकेसनले आयोजना गर्न लागेको दोस्रो चरणको नेपाल अफ्रिका फिल्म फेस्टिवलमा नेपालको तर्फबाट एउटा मात्र फिल्म 'दासढुंगा' प्रदर्शन गरिने भएको छ ।  


गत बर्ष देखि आयोजना हुन थालेको सो महोत्सव आउदो असार ११ देखि १४ सम्म काठमाण्डूको कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा हुँदैछ । फेस्टिवलमा सहभागी हुन आएका ४० मध्ये अफ्रिका महादेशका नौ मुलुकका ११ वटा फिल्म छनौट भएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । जसमा फ्रेन्च भाषामा निर्मित डेमोक्रेटिक  रिपब्लीक अफ कंगोको सेरोफेरोमा बनेको 'ले डेरनियर कोलोन' युगान्डाको अँकल जेजे, बेटल अफ द सोल्स, ईजिप्टको नासेर-५६, दक्षिण अफ्रिकाको स्किन र बोफा, पश्चिम अफ्रिाकाको किरिकु, नाईजेरियाको क्राईसिस ईन प्याराडाईज जिम्बाबेको सेयरिग डे, तान्जिनियाको गोरोङगोरो, रुवान्डाको सम टाईम ईन अप्रिल छनौटमा परेका छन् ।

 

यसैगरी सो महोत्सवमा रसियाको छोटो बृत्तचित्र लेनिनग्राद पनि प्रदर्शन गरिने बताईएको छ । एक पटक २ सय रुपैया तिरेपछी महोत्सव भरीका सवै फिल्म हेर्न मिल्ने ब्यवस्था गरिएको सो महोत्सव असार ११ गते बिहान १०:३० बजे उद्घाटन गरिने कार्यक्रम निर्देशक डा. मञ्जु मिश्रले जानकारी गराईन् ।

 

यहाँ हाम्रो प्रश्न के छ भने नेपालमा बर्षेनि सयौको संख्याका फिल्म बन्छन् तर महोत्सवमा समावेश हुने प्रकृतिको फिल्म निर्माण नभएको देख्दा अर्न्तराष्ट्रिय स्तरको कार्यक्रममा नेपालको प्रतिनिधित्व कुन फिल्मबाट गराउने भन्ने ठूलो प्रश्न उठिसकेको छ । हरेक फेस्टिभलमा एउटै फिल्म प्रदर्शन भईरहँदा दर्शकलाई पनि नयाँ स्वाद नहुन सक्छ । त्यसैले फिल्म मेकरले यो पाटोलाई पनि एक पटक सोच्ने कि !