मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिकास बोर्ड कर्मचारीद्धारा पेन डाउन

फिल्मीखबर, काठमाण्डौ, 2012/06/14

घुष काण्डले संस्थाको बेइज्जत भएको भन्दै चलचित्र बिकास बोर्डका कर्मचारीले दोषी माथि कारबाहीको माग गर्दै आज एक दिनका लागि पेन डाउन गरेका छन् । बिहान दश बजेदेखि पेन डाउन गरका उनीहरुले पुरै दिनभर कार्यालयको कामकाज ठप्प पारे ।

 

'संस्थाको बेईज्जत भईरहको अवस्थामा जव सम्म दोषीमाथि कारबाही गरिन्न तव सम्म आन्दोलनका विभिन्न कार्यक्रम हाम्रो तर्फबाट यसरी नै जारी राख्ने छौ', नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष आनन्द घिमिरेले फिल्मीखबर समक्ष भने, 'यो ब्यक्ति भन्दा पनि संस्था प्रति उठेको प्रश्न हो तसर्थ मिडियामा आएका विभिन्न समाचार बमोजिम बोर्डले पनि आफ्नो तर्फबाट यो बिषयमा आफ्नो भनाई राख्नु पर्छ ।

 

चाबहिल चुच्चेपाटीमा निर्माणाधिन अवस्थामा रहेको केएल सिनेमा सिटीको करोडौं पर्ने समान भन्सार छुटाउने बहानामा निर्माता संघबाट प्रतिनिधिको रुपमा बोर्ड सदस्य भएका निलहरी काफ्लेले घुष लिएको आरोप लागेपछी बोर्ड कर्मचारीले दोषीमाथि कारबाहीको प्रक्रिया चाल्न नेतृत्व तहलाई दवाव दिएका हुन् । उता निर्माता संघले निलहरीलाई दोषी ठर्याउदै बोर्डबाट फिर्ता बोलाउने निर्णय गरिसक्दा पनि काफ्ले बोर्ड पुगेर विभिन्न बहानाबाजी गरेपछी कर्मचारीले यो बिषयमा नेतृत्व तहको ध्यानाकर्षण गराउन पेन डाउन गर्न बाध्य भएका हुन् ।

बोर्डका एक कर्मचारीले भने, 'आफ्नो संस्थाले फिर्ता बोलाई सके पनि उहाँ बोर्ड आएर विभिन्न बाहानबाजी देखाएपछी हाम्रो असन्तुष्टी बाहिरिएको हो ।' असन्तुष्ट कर्मचारीहरुले आउदो सोमबार बिहान ११ बजे देखि २ घण्टा बोर्डमा धर्ना कार्यक्रम पनि राखेका छन् । संगठन प्रमुख घिमिरेले आईतबार सम्म पनि नेतृत्व तहबाट कुनै निर्णय नआए सोमबार बिहान ११ बजे देखि २ घण्टा धर्ना कार्यक्रम गर्ने निर्णय गरेका पनि जानकारी गराए ।

 यसैगरी संगठनका अध्यक्ष घिमिरेले बोर्डको तर्फबाट गठन गरिएको भ्रष्टचार छानविन समितिमा एक जना मात्र सदस्य रहेको प्रति असन्तुष्टी पनि जनाएका छन् । उनले प्रश्न गर्दै भने, 'कस्तो अचम्मको कुरा छानविन समितिमा पनि कहि कतै एक जना सदस्यमा मात्र हुन्छ ? तसर्थ सो समितिमा थप सदस्य राख्नु पर्छ भन्ने हाम्रो अर्को माग पनि हो ।' गत जेठ २४ गते बोर्ड अध्यक्ष गणेश भण्डारीले आफ्नो तर्फबाट भ्रष्टचार छानविन समिति गठन गरेका थिए जसको जिम्मेबारी अहिले बोर्ड प्रवक्ता विकास आचार्यलाई दिईएको छ । सो समितिले आरोप लगाएको केएल सिनेमा सिटीलाई लिखित रुपमा घुष मागेको बिषयमा आफ्नो धारणा पेश गर्न आग्रह गरेको छ ।


आन्दोलनको पहिलो चरण  स्वरुप पेन डाउन गरेका कर्मचारीहरुले सदाचारीलाई प्रोत्साहन गरौं, भ्रष्टचारीलाई बिहिस्कार गरौं लगायतका पम्प्लेट बोर्ड परिसरमा टाँस्दै नेतृत्व तहको ध्यानाकर्षण गराएका छन् ।