
एटिएम काण्ड सेलाउन नपाउँदै बिन्दास काण्डले फेरि फिल्मी बजार तताउने लक्षण देखिएको छ । हाल छायाँकन र सम्पादन एकसाथ भईरहेको फिल्म बिन्दासको यस्तो फस्टलुक सार्वजनिक गरिएको छ कि त्यो फस्टलुकले एक पटक नायिका शुष्मा कार्कीलाई आलोचित नबलाउला भन्न सकिन्न ।
मध्यरातको करिब १ बजे तिर नायिका कार्कीको बक्षस्थललाई नै हाईलाईट गरेर फिल्म बिन्दासको फस्टलुक फेसबुकमा देख्न पाईयो । पोस्टरमा शुष्माले दिएको पोजले नै बोल्नु पर्ने सबै कुरा बोलीसकेको छ । भनिन्छ नि तस्विर आफै बोल्छ । हुनत केहि दिन अगाडी मात्र सुष्माले फिल्मीखबरसंगको कुराकानीमा बिन्दासमा आफू बिन्दास भएर काम गरेको बताएकी थिईन्। उनले कस्तो काम गरेकी होलिन् त ? अनुमान तपाईं आफै लगाउनुस् ।
मधुकुमार श्रेष्ठको प्रस्तुतीमा राजु केसीले निर्माण गरेको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा शुष्माको साथमा अशोक फुयाल र सुशान्त कार्की मुख्य भुमिकामा छन् । भाद्र ८ गते रिलिज हुने बताईएको सो फिल्मले आधुनिक युवायुवतीको जीवनकथालाई चित्रण गर्ने बताईएको छ ।