मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

मायाज बार शिर्ष गीत प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2012/06/13

सुटिङ समय देखिनै निकै चर्चामा रहेको बहुप्रतिक्षित फिल्म मायाज बारको शिर्ष गीत फिल्मीखबर मार्फत अनलाईन प्रिमियर गरिएको छ । दिनेश डिसीको निर्देशनमा बनेको सो फिल्मको संगीतकार डिसी क्याम्पका सुरेश अधिकारी हुन् । संगीतकार अधिकारी मायाज बारको गीत रचनाकार पनि हुन् ।

 

शिर्ष गीत गाउने गायिका आस्था राउत हुन् जसको स्वरले फिल्मी मार्केट तताउने आंकलन काटिएको छ । बोल्ड भ्वाईसकी धनि आस्थाले यस अघि केही चर्चित गीत गाए पनि उनी ओझेलमा परेकी थिईन् । सार्वजनिक गीतको सुरूवातर अन्त्यमा  निर्देशक डिसीको पनि स्वर  सुन्न सकिन्छ । बहुप्रतिभाका धनी डिसी एक कुशल गायक पनि हुन् यध्यपी उनले गायन कलालाई सौखको रूपमा मात्र कहिले काही प्रयोग गर्ने गर्छन् ।

फिल्मलाई डिसी क्याम्पका अर्का छाँयाकार पुरूषोत्तम प्रधानले खिचेका हुन् जो फिल्मी मार्केटका सर्वाधिक रूचाईएका छाँयाकार पनि हुन् । यसैगरी लिड हिरो गजित बिष्ट डिसीले सञ्चालन गरेको खोजि प्रतिभा सिजन वानबाट छनौट भएका कलाकार हुन् जसलाई डिसीले मायाज बार मार्फत हिरोको रूपमा डेब्यू गराए । लुटको निकै चर्चित गीत उध्रेको चोलीको कोरियाग्राफी गरेका गम्भीर बिष्ट मायाज बारको पनि कोरियाग्राफर हुन् । गम्भीर मायाज बार हिरो गजितका भाई हुन् ।

 

गम्भीरको निर्देशनमा मायाज बार हिरोईन निशा अधिकारीले माया माया भनी बार डान्स गरेकी छिन् । निशाको फिल्मी करिअरको यो पहिलो आईटम डान्स हो । यो गीतमा निशाले गरेको डान्सले एकपटक माहोल तताउने बिश्वास पनि गरिएको छ । सुटिङ सिध्याउन मात्र तीन महिना लागेको सो फिल्म श्रीराम बालाजी फिल्मसको ब्यानरमा सुनिल मानन्धरको डेढ करोड लगानीमा बनेको हो । फिल्म श्रावण १८ देखि मोफसल र १९ गते देखि राजधानीमा लाग्दैछ जसको प्रचार प्रसार तिब्र पारिएको छ ।

 

 

 

अडियो गीत डाउनलोड गर्न तथा सुन्नका लागि लिकंमा क्लिक गर्नुहोस ।

http://www.filmykhabar.com/audio