मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सुनगाभा` लाई दशैंमा ल्याउने योजना

फिल्मीखबर, काठमाण्डौ, 2012/06/13

समलिंगी दुई युवतीको मनोवैज्ञानिक कथा भनिएको फिल्म 'सुनगाभा' लाई दशैंको छेकोमा रिलिज गर्ने तयारीमा छन् निर्देशक सुवर्ण थापा । फ्रान्सबाट फिल्मीखबरसँग कुरा गर्दै निर्देशक थापाले भने, 'बितरकको निधो भएपछि हामी रिलिज डेट फाईनल गर्नेछौं । हाम्रो योजना भने दशैंमा रिलिज गर्नु रहेको छ ।'

 

गत मे २० तारिखका दिन कान्स फिल्म फेस्टिभलको फिल्मी बजारमा प्रदर्शन गरिएको सो फिल्ममा निशा अधिकारी र दिया मास्के समलिंगीको भुमिकामा छन् । फेस्टिभलबाट राम्रो प्रतिक्रिया पाएका निर्देशक थापाले नेपालबाट पनि राम्रो सफलता पाउने बिश्वास लिएका छन् । फ्रान्सको पेरिसमा नै पोस्टप्रोडक्सन गरिएको सो फिल्ममा सौगात मल्ल पनि मुख्य भुमिकामा छन् ।

 

अलिक फरक कथाबस्तुमा फिल्म बनाउन रूचाउने सुवर्णको यस फिल्मले नेपाली दर्शकलाई नयाँ स्वाद दिनेछ भन्ने बिश्वास निर्माण युनिटको छ । काठमाण्डौमा सुटिङ गरिएको फिल्मलाई फ्रान्सेली छायाँकार सारा कोर्नुले खिचेकी हुन् । स्नो फ्लावर्सबाट सुनगाभा बनाईएको सो फिल्मको कथा निर्देशक थापाले नै लेखेका हुन् भने निर्माताको रूपमा निर्देशक थापाको साथमा रप्सोडी प्रोडक्सन रहेको छ ।