मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विकास बोर्डले `9 O`clock` को सुटिङ रोक्यो

फिल्मीखबर, काठमाण्डौ, 2012/06/13

दर्ता बिना सुटिङ गरिएको भन्दै चलचित्र विकास बोर्डले फिल्म '9 O'clock' को सुटिङ रोकिदिएको छ । आज गोदावरीमा सुटिङ भईरहेका बेला बोर्ड सदस्यले दिउँसो एक बजे तिर सुटिङ रोक्न आग्रह गरेकाले आफूहरूले सुटिङ ब्रेक गरेको निर्देशक बाबुराम ढकालले फिल्मीखबरलाई जानकारी दिए ।

 

निर्देशक ढकालले सुटिङ रोक्ने आदेश आउँदा आफू तीन छक परेको बताए । उनले भने, 'अध्यक्ष गणेश भण्डारी ज्यूले सुटिङ गर्दै गर्नु भनेर मौखिक आदेश दिनुभएकाले हामीले सुटिङ थालेका थियौं तर आज आएक एक्कासी रोक्ने आदेश आउँदा हामीलाई दु:ख लागेको छ ।' यता अध्यक्ष भण्डारीले फिल्मको स्क्रिप्ट सच्चाएर नाम दर्ता गरेर मात्र सुटिङ गर्न आग्रह गरेको बताए । जेष्ठ २४ गतेबाट सुटिङ शुरू भएको सो फिल्मको ४० % काम सकिएको बताईएको छ ।

 

यता सुटिङ रोकिएकाले भोली बोर्डसँग छलफल गरि सुटिङ प्रक्रिया अगाडी बढाउने निर्देशक ढकालले बताए । तर भर्खरै मात्र गठन भएको स्क्रिप्ट छनोट समितीले यस फिल्मको स्क्रिप्टलाई नसच्याए सम्म कुनैपनि हालतमा पास नगर्ने बुझ्नमा आएको छ । फिल्मको स्क्रिप्ट अश्लिल भएको र निर्देशकले दिएको 'लजिक' चित्त बुझ्दो नभएकाले स्क्रिप्टलाई पास नगर्ने तयारी सो समितीले गर्दैछ ।

शुरूमा फिल्मको नाम 'A 69' राखिएको थियो तर बोर्डले सो नाम अश्लिल भएको भन्दै परिवर्तन गर्न सल्लाह दिएपछि युनिटले '9 O'clock' राखेको हो । नाम परिवर्तन गरे पनि युनिटले स्क्रिप्ट पनि परिवर्तन गर्नुपर्ने देखिएको छ अन्यथा सो फिल्म युनिटलाई ठूलै झट्का लाग्नेछ । विकास बोर्डले केहि दिन अगाडी मात्र एक प्रेस विज्ञप्ती जारी गरि दर्ता बिना सुटिङ नगर्न आग्रह गरेको थियो । बोर्डको सो कुरालाई बेवास्ता गर्दै अझै पनि केहि फिल्म युनिटले नाम दर्ता नगरी सुटिङ गरिरहेको पाईएको छ ।

 

यो दर्ता प्रक्रियामा बोर्ड लचिलो बन्छ या कडाईका साथ नियमलाई लागू गर्छ हेर्न बाँकी छ ।