मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असार ८ गते `किन लाग्छ माया`

फिल्मीखबर, काठमाण्डौ, 2012/06/13

जेष्ठ १९ गते रिलिज हुन नसकेपछि अनिश्चित बनेको फिल्म 'किन लाग्छ माया' असार ८ गते लाग्ने करिब पक्का भएको छ । निर्माता शक्तिबल्लभ घोरासैनीले फिल्मीखबरलाई दिएको जानकारी अनुसार सो मितीमा 'किन लाग्छ माया' सिङ्गल रिलिज हुनेछ ।

 

क्यू सिस्टमबाट असार १ गते रिलिज हुने फिल्म महानले होल्डओभर कायम गरे पनि रिलिज हुनेछ । निर्माता घोरासैनी भन्छन्, 'होल्डओभर रहने भनेको बिश्व ज्योती र गंगा हो यहि त्यो हल पाईन भने पनि अन्य हलमा फिल्म रिलिज गर्छु ।' लामो समय देखि पालो कुर्दा कुर्दा दिक्का मानेका यि निर्माताले यहि नै टाईम आफ्नो लागि उपयुक्त हुने बताए । असारमा झरी परे पनि फिल्म राम्रो बनेकाले खासै असर नगर्ने उनको दाबी छ ।

 

अहिले फिल्मको शिर्ष गीत निकै हिट भईरहेको स्मरण गराउँदै निर्देशक गोपालचन्द्र लामिछानेले फिल्म पनि हिट हुने दाबी गर्छन् । उनका अनुसार हाल बनिरहेका फिल्म भन्दा फरक नेपाली पनको कथा फिल्मले उठान गरेकाले पनि दर्शकलाई नयाँ स्वाद हुनेछ । प्रेममा हुने रोमान्स, दुखान्त अनि कमेडी पनलाई प्रस्तुत गरिएको फिल्ममा निखिल उप्रेती, झरना थापा, राजबल्लभ कोईराला, गरिमा पन्त र शंकर लामिछानेको मुख्य भुमिका रहेको छ । फिल्मका निर्माता आनन्द अधिकारी, श्यामकृष्ण श्रेष्ठ र शंकर दुलाल पनि हुन् ।