मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदा भईन् जेसिका

फिल्मीखबर, काठमाण्डौ, 2012/06/13

मंगलबार आत्महत्या गरेकी अभिनेत्री जेसिका खड्काको भावपूर्ण श्रद्धान्जलीका  साथ दाहसंस्कार गरिएको छ । सिमित चलचित्रकर्मीको उपस्थितिमा उनको पार्थिव शरिरलाई श्रद्धान्जली दिदै बिहान ११ बजे जेसिकाको काकाले पशुपति आर्यघाटमा दागबत्ती दिएका थिए । कलाकार संघको पहलमा चलचित्र बिकास बोर्डको प्राङगणमा बिहान ९ बजे देखि सुरु भएको श्रद्धान्जली कार्यक्रममा निर्देशक समाज, चलचित्र संघ, प्राविधिक संघ, निर्माता संघ,  द्धन्द संघ लगायतका संस्थाका प्रतिनिधिको उपस्थिति थियो । 

 
श्रद्धान्जली अर्पण गर्न नेपालकी पहिलो अभिनेत्री भुवन चन्द, बसुन्धरा भुषाल, लक्ष्मी  गिरी, महिला चलचित्रकर्मी मंचको तर्फबाट मौसमी मल्ल, रुपा राना, विमला केसी र नयाँ पुस्ताको तर्फबाट ऋचा सिंह ठकुरी तथा जेनिसा केसीको उपस्थिति थियो । 'जेसिकालाई आत्महत्या गर्न बाध्य बनाउने को थियो यो कुराको छानविन हुनु पर्छ र दोषी लै कारबाही हुनु पर्छ भन्ने हाम्रो माग छ', कलाकार संघका महासचिव नवल खड्काले श्रद्धान्जली सभामा भने । यस्तै खड्काले पर्सि शुक्रबार दिउँसो ३ बजे कलाकार संघको कार्यालय अनामनगरमा जेसिकाको शोक सभा कार्यक्रम राखिएकाले सम्पूर्ण कलाकारहरुलाई सो दिन उपस्थित हुन आग्रह गरे ।
 
श्रद्धान्जली ब्यक्त गरेपछी अभिनेत्री लक्ष्मी  गिरीले पर्फमेन्स आर्टिष्टको जिन्दगी छिचिमिराको जस्तो रहेको बताईन् । उता विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले जेसिकाको घटना समग्र उघोगका लागि पिढा दायी भएको बताए । सानैमा आमा गुमाएकी अनि बाबुले अर्को आमा ल्याएका कारण जेसिका काका मोहन खड्काको रेखदेखमा हुर्किएकी हुन् । काका मोहनलाई उनले बुवा भन्ने गर्थिन् र नागरिकता समेत उनैबाट बनाएकी थिईन् । तर २३ बर्षको उमेरमा उनले किन आत्महत्या गरिन् त्यो भने पूर्ण रुपमा खुलेको छैन । बुधबार मध्यान्न सम्म पनि उनको पोष्टमार्टम रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छैन ।