मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

लक : आँखा झिमिक्क गर्दा मालसामान गायब

फिल्मीखबर, काठमाण्डौ, 2012/06/12

फिल्ममा दुई अर्थ लाग्ने शब्दको प्रयोग निकै हुने गरेको पाईन्छ । भन्न खोजेको एउटा भए पनि त्यसले दिने नकारात्मक अर्थलाई नै बढि हाईलाईट गरिन्छ । यस्तै दुई अर्थ लाग्ने शब्दको प्रयोग गरेर फिल्म 'लक' को आईटम गीत तयार पारिएको छ जुन अहिले चर्चामा पनि छ ।

 

ऋषि न्यौपानेको निर्देशनमा बनेको सो फिल्मको गीत अहिले सञ्चारमाध्यमा खुब बज्न थालेका छन् र त्यसमा प्रयोग भएको शब्द 'आँखा झिमिक्क मालसामान गायब' र 'देखाईदिन्छु सबै कुरा पैसा तिरेपछि' निकै चर्चामा छ । निर्देशक न्यौपाने स्वयंले लेखेको सो गीतमा आईटम डान्स गरेकी सम्झना प्याकुरेल र करियोग्राफर प्रदीप श्रेष्ठको पनि चर्चा भईरहेको छ । चर्चा मात्र हैन प्रस्तुत शब्द अलि बढि नै उच्छृङखल र अश्लिल भएको भन्दै आलोचना गर्नेहरू पनि कम छैनन् ।

 

चर्चामा रहेपछि बढि आलोचना खेपेको सो गीत फिल्म हेर्दा भल्गर नलाग्ने निर्देशक न्यौपानेको दाबी छ । उनी भन्छन्, 'मेरो कथासँग सुहाउँदो शब्द छ । शब्दले दुई अर्थ बोके पनि त्यसले दिने 'सेन्स' भने सकारात्मक नै रहेको उनले बताए । 'मालिक खुसी भएर काम गर्ने आफ्ना चार जना सहयोगीहरूलाई खुसी  पार्न कथानकमा गीत जोडिएको छ' न्यौपानेले भने, 'हामीले सिचुएस्नल गीत बनाएका छौं ।' चेतन सापकोटाको संगीत रहेको सो गीतलाई इन्दिरा जोशीले गाएकी हुन् ।

 

यहि आईटम गीत र प्रस्तुत प्रोमोको कारणले गर्दा फिल्मकी मुख्य पात्र नायिका बेनिशा हमाल र निर्माण युनिटसँगको सम्बन्धमा दरार आएको छ । नायिका बेनिशाले आफूले भने अनुरूपको प्रोमो नबनाएको भन्दै प्रोमोशनमा साथ नदिने बताए पछि युनिटले पनि ति नायिकालाई वास्ता गर्न छाडेको छ । जसको नतिजा प्रस्तुत सार्वजनिक पोस्टरमा देखिएको छ । पोष्टरमा नायिका बेनिशालाई स्थान दिईएको छैन । हुनत फिल्मका अर्का मुख्य पात्र अनिल थापालाई पनि पोस्टरमा देख्न पाईनेछैन ।
 

 

असार २९ देखि रिलिज हुन लागेको सो फिल्मलाई हरि खनालले निर्माण गरेका हुन् ।

 

फिल्मको प्रोमो यस्तो छ - http://www.filmykhabar.com/videos/movie-promo/287