मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेसिकाको निधनले एक दिनका लागि सुटिङ स्थगित

फिल्मीखबर, काठमाण्डौ, 2012/06/12


सम्पूर्ण कलाकार आफ्ना लागि समान रहेको भन्दै लक्षमण रिजाल निर्देशित फिल्म 'धुवाँ यो नशा ' युनिटले अभिनेत्री जेसिका खड्काको निधनका कारण आज एक दिनका लागि सुटिङ स्थगित गरेको छ । 

टाईटल विवादबाट मुक्ति पाउदै सुटिङ अनुमति पाएको सो फिल्मको हिजो देखि पुनः सुटिङ सुरु भएको थियो तर यो शोकको घडीमा सुटिङ गर्न मुड नचलेको प्रोडयूसर रामप्रसाद रिजालले बताए । उनले भने, 'खै यो खबरले अलि कस्तो कस्तो फिल भईरा'छ त्यसमाथि पनि हाम्रो लोकेशन पनि बसन्तपुर एरिया रहेकाले आज साँझको सुटिङ नगर्ने निर्णय गरेका छौ ।' आर्यन सिग्देल र निशा अधिकारी लिड रोलमा रहेको सो फिल्मको अधिकाश सुटिङ रातको समयमा बसन्तपुर एरियामा गरिएको छ । जसको लोकेशन जेसिकाको निधन भएको डेरा नजिकै हो ।

भदौ २९ को रिलिज डेट तोकिएको सो फिल्मको अब दश दिनमा सुटिङ सकिने निर्माता रिजालको भनाइ छ  ।