Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 2.62/5.00)
Text size:-
+
-

Breaking : हिरोइनले आत्महत्या गरिन् / बालदीप राई प्रहरीको नियन्त्रणमा

फिल्मीखबर, काठमाण्डौ, 2012/06/12

हिरोइन जेसिका खड्काले आत्महत्या गरेकी छिन् । बसन्तपुरमा रहेको आफ्नो निवासमा उनी पासो लगाएको अवस्थामा भेटिएकी हुन् । 

 
ईटहरीकी जेसिका नवल खड्काको फिल्म आवाज मार्फत फिल्मी दुनियामा प्रवेश गरेकी हुन् । उनले आवाज पछि जंगल क्वीन, अचानक, मेरो माया तिमिलाई,  जंगल लभ, लक्की सेभेन र भर्खरै छायाकंन सकिएको गहिराई भन्ने फिल्ममा खेलेकी थिईन् । उनको ओर्जिनल नाम ज्योति हो । जो प्रकाश ओझ भिडियो काण्डमा मुछिएकी एक पात्र हुन्
 
यस्तै घटना स्थलमा पुगेका फिल्मीखबरका प्रधानसम्पादक सुमन गैरेले राति साढे १२ बजेको समय सम्म जेसिकाको फोन कल रेकर्ड देखिएको घटना स्थलमा रहेका प्रहरीको भनाई उदृत गर्दै जानकारी गराएका छन् । दोस्रो तल्लामा डेरा गरी बस्ने २३ बर्षे जेसिकाले सलले पासो लगाएकी हुन्
 

 

जेसिकाको साथमा उनको प्रेमी र भाई रहेका छन् । भाई सानो भएको कारण प्रहरीले केही घण्टा लाश बुझेको थिएन तर 'अचानक' भन्ने फिल्मका प्रोड्यूसर सरोज शर्मा घटना स्थलमा आएपछी प्रहरीले बिहान १० बजे पोष्ट मार्टमका लागि  लाश बुझेको छ । पोष्टमार्टम टिचिङ हस्पिटल महारागंजमा गरिने छ । जेसिकाको बुवा दिउँसो २ बजे काठमाण्डू आउदैछन् त्यस पश्चात दाहसस्कारको कार्यक्रम गरिने बताईएको छ ।
 
 
बालदीप राई प्रहरीको नियन्त्रणमा  
 
प्रोडक्सन कन्ट्रोलर बालदीप राईसंग जेसिकाको अन्तिम कल रेकर्ड देखिएकाले प्रहरीले अनुसन्धानका लागि बालदीपलाई नियन्त्रणमा लिएको छ । सम्पादक गैरेका अनुसार अन्तिम कल रेकर्ड उनीसंग भएको देखिएकाले आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

 

जेशिकाद्धारा अभिनित फिल्म 'मेरो माया तिमीलाई' को गीत हेर्नुस्