Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुस्मिताले पनि धन्दा नगर्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/06/12

धन्दाको स्क्रिप्ट साँच्चिकै तनाव योग्य छ जस्तो छ जसकारण फिल्मको मुख्य नेगेटिभ रोलमा छनौट गरिएका दुई अभिनेत्रीले सो फिल्म अन्तिम समयमा नखेल्ने बताएपछी धन्दा युनिट निकै तनावमा परेको बुझिएको छ ।

सुरूमा धन्दा युनिटले करिश्मा मानन्धरलाई फिल्मको नेगेटिभ रोलको लागि प्रस्ताव गरेको थियो जुन प्रस्तावबाट करिश्मा पनि हर्षित बनेकी थिईन् तर एक्कासि उनलाई के भयो कुन्नी उनले अमेरिका जाने बाहनामा धन्दा नखेल्ने भन्दै निर्माता भाई बाबुराम दाहालको चित्त घुमाउरो ढङ्गले दुखाई हालिन् । बिचरा बाबुराम पनि दुखेको चित्तलाई कन्ट्रोल गर्दै भुवन केसीको पूर्व पत्नी सुस्मिता बमजनलाई करिश्माको रोलमा लिन आफ्ना निर्देशक सुदर्शन थापालाई सिफारिस गर्न पुगे । जुन सिफारिस मौखिक फाईनलमा लक भएको थियो तर एग्रीमेन्ट हुने समयमा सुस्मिताले पनि भनिदिईन्, 'अर्को प्रोजेक्टमा काम गरौला सुदर्शन ।'

लभर डाईरेक्टर सुदर्शन यो फिल्मबाट थ्रिलर शैलीको फिल्म मेकिङमा जुटेका छन् जुन फिल्ममा अर्पण थापा लिड रोलमा छन् । तर आफूले छनौट गरेका दुई हस्तीले फिल्म रिजेक्ट गरेका कारण उनी पनि चिन्तित छन् । उता यो बिषयमा चिन्ता आफूहरूलाई नभएको बाबुराम भन्न पछि पर्दैनन् । उनले भने,'कलाकारको कारणले हैन बरू लेन्स नआएकाले फिल्मको सुटिङ केही दिन सर्ने भएकाले तनाव भईरहेको छ, यस्तै 'सुस्मिता जिसंग कुरा भा'को थियो तर किन उहाँले फिल्म खेल्न मान्नु भएन थाहा भएन ।' पोष्टप्रोडक्सन कम्पनी सिने जोनले भित्राएको रेड एमएक्स क्यामेरा काठमाण्डू भित्रिसके पनि अवश्यक लेन्स आई नसकेकाले सुटिङ रोक्न बाध्य भएको बाबुराम बताउछन् ।

 

उता सुस्मिताले फिल्म खेल्नको लागि आफू राजि भए पनि तुरून्त ईन्डिया जानु पर्ने भएकाले धन्दा गर्न नमानेको बताएकी छिन् । रेष्टुरेण्ट व्यवसायमा ब्यस्त रहेकी उनी आकस्मिक रूपमा दिल्ली जादैछिन् जसकारण सुटिङ आजभोली हुने तयारीमा रहेको सो फिल्मको काम आफ्नो कारणले रोकिने भन्दै उनले धन्दा नगर्ने निर्णय गरेको बताईन् । धन्दाको सुटिङ जेठ २५ देखि गर्ने कुरा थियो तर २९ कटिसक्दा पनि सुटिङ सुरू नभएपछी सो टिम भित्र समस्याको पोको धेरै रहेको विभिन्न अनुमान लगाईएको छ ।

 

यसैगरी सुस्मिताले फिल्मीखबर मार्फत आउदो भदौ महिना देखि फिल्म निर्देशनमा आफू आउने पनि घोषणा गरिन् । उनले भनिन्, 'सम्भवत ८० प्रतिशत सम्भावना म नै डाईरेक्सनमा आउछु भन्ने छ जसका लागि स्क्रिप्टको काम आफैले अगाडी बढाईरहेको छु ।' सुस्मिताले डेब्यू डाईरेक्सन रहने आफ्नो फिल्मलाई भुवनको ब्यानर काजोल फिल्मसबाटै बनाउने पनि रहस्य खोलिन् । उनले भनिन्, 'भुवनजीसंग एक महिना अघि भएको सल्लाह अनुसार मेरो फिल्म काजोल फिल्मसबाटै बनाउने कुरा छ । हेरौ फिल्म  बनाउने बेला सम्म कुरा के हुन्छ ।' सुस्मिताले आफूले निर्माण गर्ने फिल्ममा पढाई विग्रने भन्दै छोरो अनमोललाई हिरोको रूपमा नखेलाउने बताएकी छिन् ।