मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भ्रष्टचारी फिल्मकर्मी विरूद्ध अख्तियारमा उजुरी

फिल्मीखबर, काठमाण्डौ, 2012/06/11

एक लाख घुष काण्डमा परेका निर्माता निलहरी काफ्लेको बिषयमा आलोचना भईरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा एक भ्रष्टचारी फिल्मकर्मीको नाममा उजुरी दर्ता भएको  छ ।

भ्रष्टचार आरोपका कारण विकास बोर्डबाट समेत फिर्ता बोलाईए पछी काफ्ले उपर कडा कारबाही हुनु पर्ने तर्क सहित सोमबार एक फिल्मकर्मीले गोप्य पत्र दर्ता गर्दै अख्यितयारको ध्यानकर्षण गराएको बुझिएको छ । तर आधिकारिक रूपमा सो उजुरी कसको नाममा हो सो बारेमा अख्तियार सचिवालयले केही दिन पश्चात मात्र जानकारी गराउने फिल्मीखबरलाई बताएको  छ  ।

 

उजुरी पेश गर्नेको नाम भ्रष्टचार विरोधी फिल्मकर्मी भनी दर्ता गरिएको छ । दर्तामा दोषी उपर छानबिन गरि आवश्यक कारवाही गरिपाउँ भनि उल्लेख गरिएको छ । उजुरी दर्ता नम्बर २०३२६ हो । 'यो उजुरीका लागि दिउँसो १२ बजेको समयमा एक जना पुरूष आउनु भएको थियो गोप्य भएका कारण खोलेर हेर्न मिल्दैन तसर्थ को माथि उजुरी परेको हो त्यो थाहा छैन', दर्ता चलानी शाखाकी ना. सु. निरा अधिकारीले जानकारी गराईन् ।