मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेरो भ्यालेनटाईनले भ्यालेन्टाइन्स डे नकुर्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/06/11

शिर्षक अनुसार रिलिजका लागि फेब्रुअरी १४ लाई टार्गेट नगर्ने भएको छ मेरो भ्यालेन्टाईन युनिटले । जुन सुकै समयमा जो कोही कसैसंग माया गर्न सक्छ भन्ने कथामा बनेको फिल्मलाई चलाउन फ्रेबुअरी १४ नै आवश्यक नरहेको फिल्म निर्माण कम्पनी सफट ईमेजले जनाएको छ ।

सुरज सुब्बाको निर्देशनमा गत बैशाख २१ गते देखि सुरू गरिएको सो फिल्मको सुटिङ ३२ औँ दिनका दिन प्याकअप भएको छ । फिल्मको सुटिङ काठमाण्डूबाट चितवन हुँदै पुनः काठमाण्डू आएर प्याकअप गरिएको हो । आईतबार दिउँसो देखि सोमबार बिहान  सम्म एक गितको सुटिङ गरि फिल्म प्याकप भएको हो जहाँ निर्देशक सुब्बा भने देखिएनन् । सुटिङ्ग रनिङ डेज आईतबार सम्म ३९ दिन हुन आउछ जस मध्ये बन्दको कारणले केही दिन फिल्मको सुटिङ्ग भएन ।

सुब्बा फेसबुक प्रिमियरका लागि कोरिया गएकाले समग्र यूनिट ह्याण्डल गर्ने जिम्मा उनका असिस्टेन्ट अराज केशवले लिएका थिए । गितको सुटिङ भएकाले पनि होला कोरियोग्राफर अराजले सुब्बा स्टाईटलमा सुस्त गतिमा आउटपुट निकाल्न खोजिरहेको देखिन्थे । निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह र सुस्मिता ढकाल लिड रोलमा रहेको सो फिल्म चार जना साथीहरूको कथामा केन्द्रित फिल्म हो जुन फिल्मले नेपाली फिल्मी ईतिहासमा नयाँ ईतिहास रच्ने बाबुको दावी छ ।
 

सुस्त गतिमा लिड रोलमा जमिरहेका संगीतका साधक बाबुले भने, 'लभ, रोमान्स, कमेडी र सेन्टीमेन्टले भरिएको फिल्म भएकाले मलाई लाग्छ यो फिल्मले कुनै ईतिहास रच्छ चाहे त्यो ब्यावसायिक रूपमा सफल होस् वा नहोस् ।' यस्तै फिल्मका अर्का हिरो स्वतन्त्रले फिल्म उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कन्जुसाई नगरेको बताए । अष्ट्रेलिया एनआरएन भाईस प्रेसिडेन्ट उनी आउदो शुक्रबार आफ्नो कर्म नगरी फर्किदैछन् ।

एक दशक देखि पोष्ट प्रोडक्सन कम्पनीको रूपमा स्थापित भएको सफट ईमेजको ब्यानरमा जसरी फिल्मको प्रशोधन गर्ने जिम्मा पाउथे सुशिल श्रेष्ठले प्रोड्यूसर भएपछि यिनले फिल्मी नगरीको अर्को जिम्मेबारीबाट धेरै कुरा सिक्ने मौका पाए । सुटिङ सकिएको खुशियालीमा ईन्डक्ल्याप पार्टीमा रमाउदै गर्दा उनलाई फिल्मीखबरले सोध्यो प्रोड्यूसर भएपछी के के कुरा सिकिदो रहेछ त ? जवाफमा उनले काम केही फरक भएपनि अनुभूति नयाँ नलागेको तर लगानी गरेपछी कस्तो बर्गका लागि फिल्म बनाउनु पर्छ, बजेटको ब्यवस्थापन र टिमवर्कको बिषयमा धेरै बुझ्ने मौका पाएको बताए । उनले भने, 'मैले टिम निकै राम्रो लिएको पुष्टी भएको छ तसर्थ हरेक बर्षमा एउटा उत्कृष्ट फिल्म बनाउने निर्णय पनि गरेको छु  ।'

 

४० लाखको बजेटमा प्याक अप भएको सो फिल्ममा गायक सुगम पोखरेललाई केमियो भूमिकामा देख्न सकिने बताईएको छ जसले दुई गितमा संगीत पनि भरेका छन् ।  फिल्मको रिलिज दशैको छेकोमा गर्ने निर्माण कम्पनीले जनाएको छ ।