मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरियामा फेसबुकको सफल प्रिमियर

फिल्मीखबर, कोरिया, 2012/06/11

आईतवार कोरियाको दोङ्देमुन स्थित कुकमिन हिग्वानमा प्रतिक्षित फिल्म 'फेसबुक' को प्रिमियर शो सम्पन्न भयो । फिल्मका निर्देशक सुरज सुब्बा, नायिका झरना थापा र निर्माता सुनिल कुमार थापाको उपस्थितीमा मोरङ डाइनामिक कमिटीले प्रिमियर शोको आयोजना गरेको हो ।


नेपालीको बाहुल्य धेरै भए पनि फिल्म हेर्ने फुर्सद कमै पाउने कोरियाली नेपालीको फेसबुक प्रिमियरमा भने बाक्लो उपस्थिती थियो । सिट क्षमता भन्दा बढि दर्शक फिल्म हेर्न आउँदा फिल्म युनिट र आयोजक निकै खुसी देखिन्थे । दर्शकले राम्रो फिल्म हेर्न पाएकोमा खुसी पनि व्यक्त गरे । प्रदर्शनी संयोजक नवराज सिवाकोटी र रुपेश भट्टराईले आफूहरूको प्रयास सफल भएको प्रतिक्रिया दिए ।

 

फेसबुकबाट समाजमा परेको सकारात्मक तथा नकारात्मक प्रभावको बारेमा चित्रण गरि निर्माण गरिएको फिल्म 'फेसबुक' लाई १७ तारिखका दिन कोरियाको किम्हेमा पनि रिलिज गरिने भएको छ । सो शोमा नायिका थापा र निर्माता थापा उपस्थित हुनेछन् भने निर्देशक सुब्बा भोलि मंगलबार नै नेपाल फर्कने बताईएको छ । रिमियर शोबाट संकलित केहि रकम नेपाल हाउस र आपतकालिन कोष निर्माणका लागि प्रदान गरिने आयोजकले जानकारी गरायो ।

 

फेसबुक मार्फत भएको प्रेम र द्धन्दलाई उठान गरेको फिल्ममा राजेश हमाल, झरना थापा, स्वतन्त्रप्रताप शाह, सुवास थापा, विल्सनविक्रम राई, सुमन गैरे, अनुराग कुवँर, माटिन खान लगायतको अभिनय रहेको छ । यो फिल्म अष्ट्रेलियामा जुलाई महिनामा रिलिज गरिने बताईएको छ ।