मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

मनकामनामा `सायद` का कलाकार

कृष्ण न्यौपाने, दमौली, 2012/06/10

शुक्रबारबाट मोफसलका हलहरुमा एकसाथ प्रदर्शनमा आएको फिल्म ‘सायद’ को दर्शक प्रतिक्रिया बुझ्न दौडाहामा निस्केको कलाकारको टोलीले आइतबार दमौलीको मनकामना हलमा दर्शकसँग बसेर फिल्म हेरे ।


‘सायद’ का निर्माता तथा नायक सुनिल रावल, संयम पुरी, विल्सन विक्रम राई (तक्मे बूढा) लगायतले दर्शकसँग बसेर फिल्म हेर्नुका साथै दर्शकको प्रतिक्रिया समेत लिए । फिल्मका निर्माता एवं नायक रावलले काठमाडौं लगायत मोफसलका हलहरुमा फिल्म राम्रो प्रदर्शन भएको प्रतिक्रिया दिए । करिब ७२ लाखमा निर्माण गरिएको फिल्मले काठमाडौंमा १ करोड २० लाख भन्दा बढि ग्रस कलेक्सन गरेको उनले बताए । उनले यही कलाकारलाई लिएर अर्को फिल्म बनाउने घोषणा समेत गरे ।

 

फिल्मका नायक विल्सन विक्रम राई (तक्मे बूढा) ले दर्शकको राम्रो प्रतिक्रिया पाएको बताए । ‘मेरो भूमिका धेरै दर्शकले मन पराउनुभएको छ,’ उनले भने, ‘यसले मलाई थप हौसला मिलेको छ ।’ मनकामना हलका म्यानेजर माधव प्रसाद अधिकारीले शुक्रबारबाट दमौलीमा प्रदर्शनमा आएको फिल्मले १ लाख ५० हजार कलेक्सन गरेको बताए । ‘हलमा पन्ध्र बर्ष पछि नेपाली फिल्म हेर्न यतिका धेरै दर्शक आए,’ उनले भने, ‘फिल्म हेर्न अधिकांश युवायुवतीको भीड लागेको छ ।’

टिनएजरहरुको वास्तविक जीवनशैलीमा दुई दाजुभाइको आत्मीय सम्बन्धबाट अघि बढ्ने यो फिल्म लागुऔषधको कुलतमा फसेका कलेज विद्यार्थीहरुमा केन्द्रित छ । फिल्ममा संयम पुरीले मुख्य भूमिका निर्वाह गरेका छन् भने सुनिल रावलले संयमको दाजुको भूमिका निर्वाह गरेका छन् । यही फिल्म मार्फत नायकका रुपमा डेब्यू गरेका २० बर्षिय पुरीले फिल्मको पटकथा आफ्नै कलेज भोगाइसँग मिलेको बताए ।

 

सुरज सुब्बा निर्देशित फिल्मको कथा अघि बढ्दै जाँदा आवेशमा आएर संयमले आफ्नै केटी साथीको अश्लील भिडियो सार्वजनिक गरिदिएपछि कथाले सोच्दै नसोचेको मोड लिन्छ । भिडियोकै कारण युवतीले आत्महत्या गरेपछि फिल्मको कथाले दर्शकलाई बाँधेर राख्छ । सोझो र इमान्दार संयम कसरी एकाएक दुर्व्यसनी तथा हत्यारामा परिवर्तन हुन्छ भन्ने कुरा थाहा पाउन भने फिल्म हेर्नै पर्ने हुन्छ ।