
टाईटल विवादबाट मुक्ति पाएको लक्ष्मण रिजाल निर्देशित फिल्म 'धुवाँ यो नशा' को अडियो म्यूजिक फिल्मीखबरबाट एक्सक्लुसिभ रुपमा लन्च गरिएको छ । आर्यन सिग्देल तथा निशा अधिकारी लिड रोलमा रहेको 'धुवाँ यो नशा' को रिलिज गरिएको चार वटा गीतमा लोचन घिमिरेको संगीत रहेको छ ।
फिल्मको शिर्ष गीत 'धुँवा...' र 'बाँध न बाँध..' लाई नरेश भट्टराईले लेखेका हुन् । टाईटल गीत 'धुँवा...' मा एड्रिन प्रधानको स्वर तथा अर्को गीतमा सनुप पौडेलको स्वर सुन्न सकिनेछ । यस्तै 'मान्दैन यो मन..' लाई लोचन घिमिरेले लेखेका हुन् भने स्वर श्रेया सोताङ र प्रमोद खरेलको रहेको छ । 'बडा दशैं...' बोलको गीतलाई रबिन घिमिरेले लेखेका हुन् जसमा रामचन्द्र काफ्ले र माण्डबी त्रिपाठीको स्वर रहेको छ ।
भदौ २९ जुन मितीमा सायद ठूलै खिचडी पाक्ने सम्झेर होला धुवाँ युनिटले पनि सोही मितिलाई आफ्नो रिलिज डेट तोकेको छ । सो मितीमा सुशिल पोखरेलको बडिगार्ड, शरद अधिकारीको ब्ल्याकमेल र शोभित बस्नेतको जाउँ हिड पोखरा रिलिज हुदैछ । जसकारण चार फिल्म मेकरलाई कलेक्सनमा धक्का लाग्ने निश्चित छ । सम्भवत सो मितीमा क्यू प्रणाली अर्न्तगतको थप एक फिल्म पनि रिलिज हुने छ । तसर्थ एक हप्तामा ५ वटा फिल्म रिलिज हुदा पाँच वटै फिल्म निर्माण कम्पनिलाई धक्का लाग्ने संकेत देखिएको हो ।
'फिल्म उत्कृष्ट ढङ्गले बनाएका छौ रिलिजमा कुनै डर छैन', प्रोड्यूसर रामप्रसाद रिजालले भदौ २९ आफ्नो पोल्टोमा रहने विश्वासका साथ भने । स्थापित फिल्म मेकरको रुपमा चिनाउने प्रयत्न गरिरहेका यी युवा प्रोड्यूसरले धुवाँ रिलिज पश्चात मेघा बजेटको नयाँ प्रोजेक्ट पनि घोषणा तयारी गरेका छन् । केही दिन अघि फिल्मीखबरमा प्रकाशित समाचारमा टाईटल विवादले मनमुटाव भएको प्रसङ्गमा केन्द्रित रहेर रिजालले भने, 'सुमन सिंहसंग हाम्रो कुनै गुनासो छैन यदि उहाँले गुनासो गर्नु भएको छ भने हामी केही भन्न सक्दैनौ ।'