मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेसबुक लिएर नायिका थापा सहितको टोली कोरियामा

पुष्प लामिछाने, कोरिया, 2012/06/09

फिल्म फेसबुक लिएर नायिका झरना थापा सहित निर्देशक सुरज सुब्बा, निर्माता सुनिल कुमार थापाको टोली स्थानिय समय अनुसार बिहान ९ बजेर ३० मिनेटमा कोरिया आइपुगेका छन् ।


फेसबुक टोलीको स्वागतको लागि फिल्म प्रदर्शनी संयोजक नवराज सिवाकोटी र रुपेश भट्टराई ईन्छन बिमान स्थलमा पुगेका थिए । फेसबुकबाट समाजमा परेको सकारात्मक तथा नकारात्मक प्रभावको बारेमा चित्रण गरि निर्माण गरिएको फिल्म 'फेसबुक' यहि जुन १० तारिखका दिन दोङ्देमुन स्थित कुकमिन हीग्वानमा प्रिमियर शो हुंदै छ । आयोजक मोरङ डाइनामिक कमिटीले सामाजिक क्षेत्रमा सहयोगका लागि प्रिमियर शो गर्न लागेकोले सबैको साथ र सहभागीताको अपेक्षा राखेको बताएको छ ।

 

 

फेसबुक मार्फत भएको प्रेम र द्धन्दलाई उठान गरेको फिल्म नेपालमा भने साउन दोस्रो साता रिलिज गर्ने बताईएको छ ।  फिल्ममा राजेश हमाल, झरना थापा, स्वतन्त्रप्रताप शाह, सुवास थापा, विल्सनविक्रम राई, सुमन गैरे, अनुराग कुवँर, माटिन खान लगायतको अभिनय रहेको छ । निर्देशक सुब्बाले लेखेको सो फिल्ममा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा सुनिल बर्देवाको संगीत रहेको छ ।


स्मरण रहोस् प्रिमियर शोबाट संकलित रकम  नेपाल हाउस र आपतकालिन कोष निर्माणका लागि प्रदान गरिने आयोजकले यस अघि नै बताएको थियो । यस्तै फिल्मलाई १७ तारिखका दिन पनि कोरियाको किम्हेमा रिलिज गरिनेछ ।