मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

महानायकले मनाए ४९ औं जन्मदिन

फिल्मीखबर, काठमाण्डौ, 2012/06/09

२५ बर्ष देखि नेपाली फिल्ममा अनवरत रूपमा काम गर्दै आएका महानायक राजेश हमालले आज आफ्नो ४९ औं जन्मदिन मनाए।बिहान ११ बजे जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा रहेकी आफ्नी अपाङ्ग बहिनी  मैना सूचिकारसँग हमालले केक काटी जन्मदिन मनाएका हुन् ।

 

४९ औं जन्मदिनको  केक काटेका हमाललाई बहिनी मैनाले केक खुवाउँदै लामो आयुको कामना गर्दै भनिन्,'यो दाजु बहिनीको माया सधैं रहिरहोस् र तपाईंको जीवस सधैं खुसी रहोस् ।' बर्थ डेमा मैनाले हमाललाई टिका लगाईं दिदै उपहार दिईन् । साथै हमालले पनि मैनालाई केक खुवाउँदै दाजुको स्नेह देखाए ।'मेरो जन्मदिनको पहिलो कार्यक्रम नै यहि हो र यो नै मेरो स्पेसल पनि हो', हमालले भने,'म यहाँ आउँदा छुट्टै आनन्दको अनुभुती हुन्छ ।'

 

करिब दुई घण्टा खगेन्द्र नवजीवन केन्द्रमा समय बिताएका हमालले त्यहाँ रहेका बिरामीहरूको बेडमा पुगी हरेकलाई केक खुवाए । केन्द्रमा रहेका बिरामीहरूले हमालको लामो आयुको कामना पनि गरे ।दिउँसो  कमलादी स्थित प्रज्ञा भवनमा हुन लागेको एक कार्यक्रममा सहभागी भई साँझ परिवारसँग आफ्नो जन्मदिन सेलिब्रेट गर्ने हमालले फिल्मीखबरसँगको भेटमा बताए ।

 

 

आगामी बर्ष आधा सेन्चुरी पार गर्न लागेका हमाललाई फिल्मीखबरको तर्फबाट जन्मदिनको शुभकामना !