मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोफसलमा चलेन नाईट क्विन/ राजधानीमा सन्तोषजनक व्यापार

फिल्मीखबर, काठमाण्डौ, 2012/06/08

आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउने भनेर प्रचार प्रसार गरिएको फिल्म 'नाईट क्विन' को अचानक मोफसल रिलिज स्थगित गरिएको छ । मोफसलमा तीन वटा फिल्म रिलिज भएकाले आफू त्यसको भिडमा नपर्न रिलिज रोकेको निर्देशक आरबीके शरदले फिल्मीखबरलाई जानकारी गराए ।

 

राजधानीमा बिग सिनेमा, अष्टनारायण, गंगा, गुण, गोपी लगायतका करिब एक दर्जन हलमा रिलिज भएको सो फिल्मले आजै रिलिज भएका दुई फिल्म द्रव्य र जिन्दगानी दर्पणछायाँ भन्दा राम्रो व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । तर फिल्मको व्यापार भने उत्साहजनक हुन सकेन । आज सन्तोषजनक व्यापार गरेको फिल्म नाईट क्विनले शनिबार भने राम्रो व्यापार गर्नेमा निर्देशक शरद ढुक्क छन् ।

 

फिल्मले उठान गरेको डान्स बारको युवतीहरूको यथार्थ कथालाई दर्शकले रूचाएको निर्देशकको दाबी छ । प्रस्तुतीमा जम्न नसके पनि आफूले उठाएको कथा राष्ट्रिय 'इसु' भएको शरद बताउँछन् । फिल्ममा महानायक राजेश हमाल, कल्पना शाही, ज्योत्सना भट्ट, उषा खरेल, हसन खान, शान्ति गिरी, निर्मल सेन्चुरीको अभिनय रहेको छ । यो फिल्म अब मोफसलमा असार पहिलो साता तिर लाग्ने भएको छ ।