मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

आर्यन अभिनित फिल्मले बैधानिकता पायो

फिल्मीखबर, काठमाण्डौ, 2012/06/08

दर्ता विना नै सुटिङ गरिएको बिषयमा चलचित्र बिकास बोर्डले अबैधानिक ठहर्‍याएको आर्यन सिग्देल अभिनित फिल्म धुवाँको नाम परिवर्तन गर्दै 'धुवाँ यो नशा' राखिएको छ ।

यस अघि मुभिज ईन्फिनिटी क्रिएसनको नाममा दर्ता गरिएको धुवाँ टाईटलमा रिजाल एण्ड रिजाल प्रोडक्सनले दर्ता विना सोही टाईटलमा फिल्म बनाएका गरेका कारण दुई प्रोडक्सन हाउस बीच टाइटलको बिषयमा जुहारी चलेको थियो । धुवाँ शिर्षक मात्र रहेको फिल्मको गत मंगलबार प्रेस मिट गरी निर्माण घोषणा पनि गरिएको छ जहाँ सुमन सिंह र प्रियंका कार्की लिड रोलमा छन् भने आर्यन र निशा अधिकारी अभिनित फिल्मको ९० प्रतिशत सुटिङ सकिएको छ ।

'धुवाँ यो नाशाको नाममा प्रमाणपत्र लिएको छु अब सुटिङ भोली साँझ देखि नै सुरू गर्ने छु', हातमा प्रमाणपत्र लिए पश्चात प्रोड्यूसर रामप्रसाद रिजालले भने । यस्तै रिजालले आफू रेगुलर मेकरको रूपमा स्थापित हुने क्रममा विकास बोर्डको अस्पष्ट निति नियमले गराएको जालझेलले आफूलाई फिल्म निर्माणमा बितृष्णा पैदा गराईदिएको बताए । उनले भने, 'विमाको पैसा अड्काई दिएर पनि दर्तामा लफडा गर्दा मलाई १४ लाख घाटा परेको छ ।' यध्यपी टाईटलमा धुवाँ आएका कारण आफ्नो जित भएको उनले बताए ।

 

फिल्मको बाँकी सुटिङ एक हप्तामा सकिने र तुरून्त फष्टलुक सार्वजनिक गर्ने तयारी रहेको रिजालको भनाई छ । यस अघि वान डे र कसम भन्ने फिल्म निर्देशन गरेका बोल्नमा निकै प्रखर भाई लक्ष्मण रिजालकै करिअरका लागि डटेर लागेका दाई राम प्रसादले लफडा बाजी भन्दा पनि उत्कृष्ट फिल्म मेकर भएर परचित हुन चाहेको तर पक्ष बिपक्षको खेलले आफूलाई तनाव गराएको बताए । तर उनले पक्ष विपक्ष के हो त्यो भने खुलाएनन् ।