मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नीलहरी बिकास बोर्डबाट फिर्ता/ आफू निर्दोश रहेको नीलहरीको दाबी

फिल्मीखबर, काठमाण्डौ, 2012/06/08

एक लाख घुष काण्डमा परेका चलचित्र बिकास बोर्डका सदस्य नीलहरी काफ्लेलाई निर्माता संघले फिर्ता बोलाएको छ । मन्त्री स्तरीय निर्णयमा नयाँ नियम परिवर्तन भए पश्चात पहिलो  पटक निर्माता संघको सिफारिसमा बोर्ड सदस्य भएका काफ्ले विभिन्न छानविनबाट शंकास्पद देखिएपछी उनलाई संघले फिर्ता बोलाएको हो ।   

 

संघका उपाध्यक्ष उदय सुब्बाको नेतृत्वमा गठित तीन सदस्य छनाविन समितिले प्रतिबेदन बुझाएपछी आज बसेको संघको कार्यसमितिको बैठकले काफ्लेलाई बोर्डबाट फिर्ता बोलाएको हो । 'उहाँले आज राजिनामा पत्र बुझाईसक्नु भयो तर स–प्रमाण निर्दोष सावित गर्ने भन्दै दश दिने समय मागेकाले क्लिन चिटका लागि समय पनि  दिएका छौ', सचिव एवं छानविन समितिका एक सदस्य सुरेश दर्पण पोखरेलले जानकारी गराए ।

 

यदि दश दिन भित्र काफ्लेले क्लिन चिट नल्याए उनी कार्यसमितिको सदस्यबाट पनि निस्कास्ति हुने उपाध्यक्ष उदय सुब्बाको भनाई छ । कार्यसमितिको बैठक बिहान ११ बजे देखि   दिउँसोको २ बजेसम्म  संघको कार्यालय नक्सालमा बसेको थियो । जहाँ नीलहरीको बिषयमा चर्को बहस भएको थियो ।    

 

यता घुष काण्डमा परेका काफ्लेले पहिलो पटक फिल्मीखबर मार्फत आफू निर्दोश भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेका छन् । घुष काण्डको बारेमा फिल्मीखबरले नै पहिलो पटक समाचार प्रकाशित गरेपछि काफ्लेले आफूलाई सम्बन्धित पक्षले घुष काण्डको आरोप लगाएको भन्दै प्रेस बिज्ञप्ती जारी गरेका हुन् । छानबिन समितीले बुझाएको प्रतिबेदनलाई खण्डन गर्दै काफ्लेले आफू फिल्मी सिटीको अनुगमनका लागि दोलखा पुगेको समयमा यस्तो भ्रामक कुरा आएको बताए । उनले जारी गरेको प्रेस बिज्ञप्ती र छानबिन समितीको प्रतिबेदनको साथमा बोर्डले आफूलाई दोलखा भ्रमणमा पठाएको बिल समेत प्रमाणको रूपमा फिल्मीखबरलाई पठाएका छन् । जुन यस प्रकार छ -

 

प्रेश विज्ञप्ति

चलचित्र विकास बोर्ड सदस्य म नीलहरि काफ्ले माथी घुष लिएको भ्रामक समाचार फैलाई चलचित्र विकास बोर्डको वर्तमान सक्रियताबाट अत्तालिएका र अनियमिततालार्य आफ्नो व्यवशाय बनाएको समुहले बोर्डको सक्रिय सदस्य मेरो चरित्रहत्या गराउने र मलाई चलचित्र विकास बोर्डबाट बहिर्गमन गराउने षडयन्त्रमा लागेको स्पष्ट पार्न चाहन्छु । यहि षडयन्त्रको एक पाटो स्वरुप विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशित गराइयो ।


नेपाल चलचित्र निर्माता सङ्घले यसरी समाचार प्रकाशित भएपछि यस सम्बन्धमा एक छानविन समिति बनायो । उक्त समितिले पेश गरेको प्रतिवेदन यसैसाथ संलग्न छ, जसमा बयान गराईएका अरुण रिजाल जसले आफुले आफुलाई के.एल. सिनेमा सिटिका प्रबन्ध निर्देशक भनेका छन् र छानविन समितिको प्रतिवेदन पाएपछि चलचित्र विकास बोर्डमा रहेको उक्त के. एल. सिनेमा सिटि प्रा.लि.को प्रबन्ध पत्र अनुसार उक्त सिटिका प्रबन्ध निर्देशक सुधिर श्रेष्ठ हुन् । अरुणको बयान नै झुठबाट सुरु भएको प्रष्ट हुन्छ । अरुण रिजालको बयान पुर्ण रुपमा भ्रामक, बनावटी र असत्य यस कारण पनि छ कि उसले वा उसका प्रशिक्षकहरुले बनाएको काल्पनिक कथामा फेरी घुष मागेको भनेर कथिएको मिति २०६९/२/१३ गते म दोलखा जिल्लाको लाँकुरी गा.वि.स. बडा नं. ८ र ९ स्थित डाङ्गडुङ्गे डाँडामा प्रस्तावित चलचित्र नगरिको लागि जग्गाको पहिचान र सिमाना तय गर्ने सम्बन्धमा चलचित्र विकास बोर्डका अर्का सदस्य श्री विकास आचार्य, वरिष्ठ कलाकार श्री मदनदास श्रेष्ठ, दोलखा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री रोशन ज्ञवाली सहित स्थानिय समुदायका व्यक्तित्वहरुसँग छलफलमा व्यस्त रहेको थिंए र म २०६९/२/१२ देखि २०६९/२/१६ गतेसम्म दोलखामा रहेको व्यहोरा यसैसाथ संलग्न चलचित्र विकास बोर्डको भ्रमण आदेशबाट समेत प्रमाणित हुन्छ ।


तसर्थ संलग्न कागजातहरुबाट प्रमाणित हुने काल्पनिक कथाबाट मेरो चरित्र हत्या गर्न उद्धत समुह र प्रवृर्तिको नियत स्पष्ट पारिदिनुहुन सम्मानित प्रेश समक्ष अनुरोध गर्दछु ।


धन्यवाद !
नीलहरि काफ्ले

 

छानबिन समितीले तयार पारेको प्रतिबेदन

 

 






चलचित्र विकास बोर्डले काफ्लेलाई दोलखा भ्रमणका लागि दिएको आदेश पत्र

 

 

 

प्रेस बिज्ञप्ती र प्रदिबेदन भने बाझियो


यता नीलहरीको प्रेस बिज्ञप्ती र छानबिन समितीले तयार पारेको प्रदिबेदन भने बाझिएको छ । प्रतिबेदनमा नीलहरीले पहिलो पटक घुष लिएको मिती २०६८/१०/२५ उल्लेख गरिएको छ भने नीलहरीले जारी गरेको प्रेस बिज्ञप्तीमा प्रतिबेदनले दोस्रो पटक घुष मागेको मिती मात्र उल्लेख छ । यसरी हेर्दा नीलहरीले पहिलो पटक घुष लिएको भनिएको मिती बारे आफ्नो प्रेसबिज्ञप्तीमा उल्लेख गरेका छैनन् । त्यसैले नीलहरीको प्रेसबिज्ञप्ती कमजोर हुन पुगेको छ र उनले आफू दोषी नभएको प्रस्टयाउन सकेका छैनन् ।