मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लक युनिटले बेनिशालाई प्रोमो र पोष्टरमा स्थान नदिने

फिल्मीखबर, काठमाण्डौ, 2012/06/08

चपली हाईटको जस्तै एउटा घटना पुनः दोहोरिने भएको छ । प्रसङ्ग हो लक युनिटको । ऋषि न्यौपाने निर्देशित फिल्म लकको प्रोमो र गीत विना छलफल  सार्वजनिक गरिएको  भन्दै हिरोईन बेनिशा हमालले आपत्ती जनाएपछी लक निर्माण पक्षले बेनिशालाई पब्लीसिटीका कुनै पनि सामाग्रीमा स्थान नदिने  निर्णय गरेको छ ।

 
यति सम्मकी विवादले उग्र रुप लिएपछी ५० प्रतिशत सकिएको बेनिशाको डविङ अब अन्य ब्यक्तिको सहयोगले पुनः गर्ने  तयारी लक युनिटको रहेको छ । पछिल्लो समय सेक्स कन्टेन्टलाई भद्धा तरिकाले प्रस्तुत गरिएको बिषयले उद्योगको बेईज्जत भईरहेको अवस्थामा सार्वजनिक प्रोमोमा आफूलाई पनि सोही तरिकाले देखाईने खोजिएको भन्दै बेनिशाले निर्माण पक्षसंग रिक्वेष्ट गरेकी थिईन् प्रोमोलाई केही परिमार्जित गर्न तर सो कुरा निर्देशकले नसुनेपछी निर्देशक ऋषि र बेनिशाको युद्ध चलेको हो ।
 
'म्यूजिक भिडियोमा खेल्ने उनी म्यूजिक भिडियोमै ठिक रहेछिन् फिल्म खेलाएर गल्ती गरियो',  निर्देशक न्यौपानेले आक्रोसित शैलीमा भने । उता बेनिशाले रुदै आफूलाई सि ग्रेडको आर्टिष्ट सरह देखाउन खोजिएकाले प्रोमो चेन्ज गर्न रिक्वेष्ट मात्र गरेको बताएकी छिन् । उनले भनिन्, 'प्रोमो कसरी बनाउने अधिकार  उहाँहरुको हो तर टिम वर्कमा एक पटक छलफल गरेर सार्वजनिक गरिएको भए मेरो चित्त दुखाई हुदैन थियो । तपाईलाई थाहा छ अहिले कस्तो कस्तो प्रोमोले ईन्डष्ट्रीको बेईज्जत भईरहेको  छ ।'  
 
आफूलाई डविङ गर्न नदिने भन्ने निर्देशकको निर्णलाई केही भन्न नसक्ने उनी बताउछिन् । उनले भनिन्, 'हुन त डविङ गर्न पाउने मेरो अधिकार हो र मेरो डविङ अरुले गरेमा त्यसको आउटपुट राम्रो नआउने हुन्छ जुन घाटा उहाँहरुलाई पनि हो । डविङ गर्न दिनुहुन्न भने मेरो भन्नु केही छैन ।' 
 
असार २९ देखि रिलिज हुन लागेको सो फिल्मको पब्लीसिटीका लागि गरिएको फोटोसुट लगायत डविङको टाईममा आफूहरुलाई सहयोग नगरेकाले बाध्य भएर बेनिशालाई पब्लिसिटिका कुनै पनि सामग्रीमा स्थान नदिईने निर्णय गरेको निर्देशक न्यौपानेको भनाई छ ।  
 
प्रोमो  यस्तो छ  …