
गत बुधबार सुटिङको क्रममा घाईते भएकी रेखा थापाको स्वास्थ्यमा सुधार नआएपछी जाउँ हिड पोखराको सुटिङ स्थगित भएको छ । बुधबार बिहान पोखराको शान्तिबनमा फाईटको सिक्वेन्समा १५ फिट माथिको भिरबाट हाम फाल्ने क्रममा उनको दाहिने खुट्टा मर्किएको थियो । डक्टरको एक्स-रे रिपोर्टले खुट्टाको नशामा समस्यादेखाएपछी उनीले घाईते भएकै दिन काठमाण्डू फर्किए लगत्तै बैद्य उपचार पद्धती लिएकी थिईन् । जसकारण अहिले उनले खुट्टामा आयुर्वेदिक औषधी लेप लगाएर रेष्ट गरिरहेकी छिन् ।
'डक्टरले तिन दिन रेष्टको सल्लाह दिएका थिए तर रेखा निको हुन अझै केही दिन लाग्ने भएको छ । तसर्थ सुटिङ स्थगित गर्नु पर्ने बाध्यता आयो', निर्देशक शोभित बस्नेतले पोखराबाट फोनमा भने । बुधबार रेखा घाईते भएका कारण सुटिङ पूर्ण प्रभावित भएको थियो भने बिहिबार १ घण्टा भन्दा बढी सुटिङ हुन नसकेको शोभितले बताए । उनले भने, 'रेखा विना मेरो फिल्मको सुटिङ अलि कति पनि अघि बढ्न सक्दैन त्यसैले हिजो फाईटको केही ईन्सर्ट सिन खिच्ने काम मात्र भयो ।
रेखा एक जनाको एब्सेन्सले ५२ जनाको सुटिङ युनिट पोखरामा अबको केही दिन पुरै खाली बस्नु पर्ने बाध्यताले आएकाले दैनिक ८० हजार आर्थिक भार परेको शोभित बताउछन् । उता खुट्टामा असर परेका कारण रेखाले आफ्नो मोबाईल फोन समेत अफ गरेर रेष्ट गरेकाले उनीसंगको सम्पर्क प्रयास असफल भएको छ ।