
चाबहिल चुच्चेपाटीमा निर्माणधिन अवस्थामा रहेको केएल टावरमा सञ्चालनमा आउन लागेकॊ मल्टिप्लेक्स हलबाट एक लाख घुष खाएको विभिन्न अनुसन्धानबाट करिब पुष्टी भएको तर्क सहित निर्माता संघले आफ्नो प्रतिनिधि निलहरी काफ्लेलाई चलचित्र विकास बोर्डबाट फिर्ता बोलाउदै कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।
आज बिहान ११ बजेका लागि डाकिएको आकस्मिक बैठकले काफ्लेलाई कार्य समितिबाट समेत निलम्बन गर्न लागेको बुझिएको छ । यसैगरी काफ्लेले भष्टचार गरे नगरेको बिषयमा गठित छानविन समितिले आफ्नो प्रतिबेदन आजको बैठकमा पेश गर्दै सार्वजनिक गर्ने बुझिएको छ । निलहरीलाई बोर्डबाट फिर्ता बोलाउने तथा कार्यसमितिबाट निस्कासित गर्ने- नगर्ने बिषयको आधिकार कार्यसमितिमा रहेको सचिव एवं छानविन समितिका सदस्य सुरेश दर्पण पोखरेलको भनाई छ ।
सुरेशले भने, 'सर्वअधिकार सम्पन्न कार्यसमिति भएकाले यो विवादलाई चाडै हल गरौ भन्दै आकस्मिक बैठक डाकिएको हो ।' बिकास बोर्ड घुष काण्डको बिषयमा फिल्मीखरले एक हप्ता अघि समाचार सार्वजनिक गरे पश्चात यो बिषयमाथि फिल्मकर्मी तथा मिडियाकर्मीको ध्यान खिचिएको हो । जुन बिषयको आधिकारिकता आज बाहिरिदैछ । यस्तै आजको आकस्मिक बैठकले अश्लिल प्रोमो सार्वजनिक गरेका एटिम निर्माता दिनेश थापाको बिषयमा पनि केही निर्णय गर्ने बुझिएको छ ।