Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्माको कमलो मन

फिल्मीखबर, काठमाण्डौ, 2012/06/08

सायद त्यहि भएर होला करिश्मा मानन्धरले नेगेटिभ रोलमा धन्दा खेल्न नमानेको । किन कि रिल लाईफमा पनि उनी कठोर भएर दर्शक माझ परिचित हुन चाहदिनन्  भन्ने कुराको प्रमाण बिहिबार आयोजित एक कार्यक्रममा छर्लङ्ग भयो ।

 
कार्यक्रम थियो दोलखा निवासी मृगौला रोगी प्रकाश बस्नेतलाई आर्थिक सहयोग प्रदान गर्ने । ईजरायलमा रहेका नेपालीहरुले खोलेको संस्था एक्शन युथ क्लबले मृगौला रोगी प्रकाश बस्नेतलाई २ लाख १० हजार औषधी सेवनका लागि सहयोग गरेको थियो जुन सहयोग रकम करिश्माको हातबाट प्रदान गरियो । मृगौला पिडित बस्नेतले जव आफ्नो घर खेत सहित सम्पूर्ण सम्पती उपचारार्थ सकिएको भन्दै आँखाबाट आशु खसाले तव करिश्मा निकै भक्कानिएकी थिईन् । 
 
कार्यक्रममा विरामी बस्नेतले बोले लगत्तै गहभरी आँशु बनाउदै पोडियममा पुग्दा करिश्मा पनि राम्ररी बोल्न सकिनन् । उनले भनिन्, 'म त्यति धनी त छैन तर उहाँको यो पिडाले मलाई दु:खीत बनाएको छ ।  त्यसैले धेरै नसके पनि उहाँलाई दश हजार सानो सहयोग मेरो तर्फबाट पनि ।'  करिश्माले मिडिया मार्फत जो कसैले पनि प्रकाश बस्नेतलाई खुल्ला दिलले सहयोग गर्न आग्रह पनि गरेकी पनि छिन् । 
 
निर्देशक एवं संचारकर्मी सुमन दाहालको संयोजनमा आयोजित कार्यक्रममा उनले पनि सानो सहयोगले कसैको जिवन बच्ने देखेर प्रकाशको जिवन बचाउन आफू सक्रिय भएको बताए । यसैगरी चलचित्र पत्रकार संघका उपाध्यक्ष  आरडी श्रृङखलाले आफ्नो संस्थाको तर्फबाट पनि बस्नेतलाई सहयोगका लागि पहल गर्ने बताए । 
 
 
दुई वटा मृगौला प्रत्यारोपण गरिसकेका बस्नेत केही समय अघि दुवैमा कामदारको भूमिकामा जाने क्रममा विरामी परेका थिए जसको उपाचारको सहयोगको निम्ति ओएस नेपाल डटकम वेवसाईट मार्फत रकम संकलन अभियानलाई तिब्रता दिएको थियो । 'हामीलाई कत्तिले पैसा खानका लागि सहयोग मागेको भन्ने समेत आरोप लगाए तर आज सम्पूर्ण सहयोग गर्ने ब्यक्तिलाई मिडिया मार्फत भन्छु तपाईहरुको पैसा सदुपयोग भएको छ',  उक्त वेवसाईटका अध्यक्ष मणी राईले भने । मासिक ८० हजारको दरले पाँच महिना सम्म औषधी प्रयोग गर्नु पर्ने भएकाले बस्नेतको सहयोगार्थ चलचित्र पत्रकारहरुले सहयोगको हात बढाईदिने  प्रतिबद्धता ब्यक्त गरेका छन् । 
 
मृगौला रोगी बस्नेतलाई सहयोग गर्न यदि तपाई ईच्छुक हुनुहुन्छ हिमालयन बैकं भक्तपुर शाखा कार्यालयमा उनको नाममा रहेको बैकं खाता नम्बर ००४०३८४२१२००१६ वा स्वयम उनलाई ९८४१-३६९०३४ नम्बरमा सिधा सम्पर्क गरी सहयोग गर्न सक्नु हुने छ ।