मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

फिल्मीखबर डटकम चौथो बर्षमा प्रवेश

फिल्मीखबर, काठमाण्डौ, 2012/06/08

अनलाइन पत्रिकाको रुपमा नेपाली फिल्म उद्योगको प्रर्वद्धनमा निरन्तर यात्रारत फिल्मीखबर डटकम आजबाट चौथो बर्षमा प्रवेश गरेको छ । २०६६ साल जेष्ठ २६ गतेबाट औपचारिक रूपमा समाचार सम्प्रेशण गर्दै आएको यस अनलाईन पत्रिकाले यो छोटो यात्रामा सम्पूर्ण फिल्मकर्मीको मन जित्न सफल भएकोमा हामी गौरवान्वित छौ । 

 

यो तीन बर्षमा बिभिन्न उतार चढाबहरुलाई पार गर्दै अगाडी बढेको फिल्मीखबरलाई आजसम्मको यात्रामा पाठक तथा फिल्मकर्मीले गरेको अमूल्य सहयोगलाई आफूले सम्मान गर्दै आगामी दिनमा बिगतमा जस्तै सत्यतथ्य जानकारी दिई नेपाली फिल्मको उत्थानमा सहयोग पुर्‍याउने प्रधानसम्पादक सुमन गैरेको प्रतिबद्धता छ । उनले सम्पूर्ण फिल्मीखबर सहकर्मीहरू  प्रति हामी आभार प्रकट गर्दै  आगामी दिनमा समाचारमा बिबिधता ल्याउने जनाएका छन् । 

 

यस्तै फिल्मीखबरका संस्थापक तथा निर्देशक छबि पचभैयाले तीन बर्षको यात्रामा साथ र सहयोग पुर्‍याउनु हुने पाठक, शुभचिन्तक, फिल्मकर्मी तथा विज्ञापनदाताहरू प्रति आभार व्यक्त गरेका छन्  । साथै उनले निरन्तर सल्लाह, सुझाब र प्रतिक्रियाको अपेक्षा समेत गरेको बताए । फिल्मीखबर चौथो बर्षमा पुगेको उपलक्ष्यमा फिल्मसँग सम्बन्धित संघसंस्था तथा थुप्रै फिल्मकर्मी र शुभचिन्तकहरूले सफलताको शुभकामना व्यक्त गर्दै नेपाली फिल्मको प्रर्वद्धनका साथै जागरणको अभियानमा महत्वपुर्ण भुमिका खेल्न सकोस भन्ने शुभकामना व्यक्त गरेका छन्  ।

 

आजकै दिन फिल्मीखबर डटकमका प्रधानसम्पादक सुमन गैरेको पनि जन्म दिन भएकाले उनको सफलताको कामना गर्दै फिल्मीखबर परिवार शुभकामना व्यक्त गर्दछ ।