Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचाको गर्भमा छोरा सञ्चिताको भने सस्पेन्स

फिल्मीखबर, काठमाण्डौ, 2012/06/07

डाक्टरले दिएको मिती अनुसार एक महिना भित्रमा सन्तानलाई जन्म दिन लागेकी अभिनेत्री ऋचा घिमिरे र दुई महिना भित्रमा सन्तान जन्माउन लागेकी सञ्चिता लुईटेललाई आज केहि फिल्मकर्मीले दही चिउरा खुवाए । सन्तान जन्मनु पूर्व दही चिउरा खुवाउने प्रचलन यदाकदा चलेकाले त्यसलाई फलो गर्दै ऋचाकै निवासमा एक जमघटका विच दही चिउरा खुवाईएको हो ।
 

अभिनेत्री मेलिना मानन्धरले दही चिउरा खुवाउन शुरू गरेपछि अरूणिमा लम्साल सहित अभिनेता मुकेश ढकाल, करियोग्राफर गोबिन्द राई, हेयरड्रेसर लोकेश थापाले पनि आम बन्ने तयारीमा रहेका दुई अभिनेत्रीलाई दही चिउरा खुवाए । सबैले दही चिउरा खुवाएर सकेपछि ऋचा र सञ्चिता एक अर्काले पनि दही चिउरा खुवाए । दही चिउरा खुवाउन निर्देशक सुरेश दर्पण पोखरेल, करियोग्राफर पुनम राई, थ्री लभर्स हिरो देबु श्रेष्ठ लगायत फिल्मकर्मी ऋचा निवास पुगेका थिए ।

 

निर्देशक शंकर घिमिरेसँग बैबाहिक बन्धनमा बाँधिएकी ऋचाले केहि दिनमा छोरालाई जन्म दिंदैछिन् । छोरा पाउने खुसीमा रमाईरहेका निर्देशक शंकरले भने, 'चेकअप गर्दा छोरा देखिएको छ ।' यता दश महिनाको छोरा काखमा बोकिरहेकी सञ्चिताले भने गर्भमा छोरा या छोरी के हुर्किएको छ भन्ने कुरालाई सस्पेन्स राखिन् । उनले भनिन्, 'पहिलो छोरा भयो दोस्रो के छ भन्ने कुरालाई अहिले सस्पेन्स नै राख्छु । जन्मेपछि नै सरप्राईज हुनेछ ।' सञ्चिताले अभिनेता निखिल उप्रेतीसँग दोस्रो बिबाह गरेकी हुन् ।