Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

देशभरका पर्दामा द्रव्य र नाईट क्विन

फिल्मीखबर, काठमाण्डौ, 2012/06/07

रोयल क्राउन इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्म 'द्रव्य' र ननस्टप क्रियशनको ब्यानरमा बनेको फिल्म 'नाईट क्विन' भोली शुक्रबारबाट देशभरका पर्दामा रिलिज हुँदैछन् ।

 

गलत क्रियाकलापमा लाग्नुको मुख्य कारण पैसा नै हो र क्यासिनोमा लाग्नेहरूले दुःख पुर्ण जीवन बिताउन बाध्य हुनुपर्छ भन्ने मुख्य सन्देश सन्देश दिने मनोरञ्जनात्मक 'द्रव्य' फिल्मलाई मार्कण्डेय दीपविमले निर्देशन गरेका हुन् । फिल्ममा बिराज भट्ट, असोक फुयाँल, अनुपविक्रम शाही, अमित पोखरेल, उत्सव शाह, अनु शाह, कल्पना शाही लगायतले अभिनय गरेका छन् ।

 

डान्स बारमा काम गर्ने युवतीहरुको यथार्थ कथालाई आधार मानेर निर्माण गरिएको नारी प्रधान फिल्म 'नाईट क्विन' लाई लाई आरबि खत्री 'शरद' ले निर्देशन गरेका हुन् भने निर्माता बिबि बुढाथोकी 'नबिन' हुन् । फिल्ममा महानायक राजेश हमालले बार गर्लको बारेमा रिसर्च गर्दै नाईट क्विन पुस्तकको लेखकको भुमिका निर्वाह गरेका छन् भने कल्पना शाही, ज्योत्सना भट्ट, उषा खरेल नाईट क्विनका मुख्य महिला पात्र हुन् । यस्तै फिल्ममा हसन खान, शान्ति गिरी, निर्मल सेन्चुरीको पनि अभिनय रहेको छ ।

 

 

यस्तै क्यू सिस्टमबाट भोली नै जिन्दगानी दर्पणछायाँ पनि देशभरका पर्दामा लाग्दैछ भने सायद उपत्यका बाहिरका हलमा रिलिज हुँदैछ । यसरी एकै दिन चार फिल्म रिलिज हुँद यसको प्रत्यक्ष असर चार वटै निर्मातालाई पर्नेमा दुई मत छैन ।