मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

घाईते रेखा काठमाण्डूमा

फिल्मीखबर, काठमाण्डौ, 2012/06/06

जाँउ हिड पोखराको सुटिङको क्रममा घाईते भएकी रेखा थापाको खुट्टा नभाँचिएको एक्सरे रिपोर्टले देखाएको छ । १५ फिट माथिबाट हाम फल्ने क्रममा दाहिने खुट्टा मर्किएपछी उनलाई बिहान पोखरा मेट्रो हस्पिटलमा भर्ना गरिएको थियो जहाँ डक्टरले एक्सरे गरेपछी उनको खुट्टाको नशामा तलमाथि भएको भन्ने रिपोर्ट दिएपछी उनी बेड रेष्टका लागि काठमाण्डू आउने भएकी छिन् ।

 

अपरान्ह ३ बजे बुद्ध एयरको फ्लाईटबाट उनी काठमाण्डू फर्किदैछिन्। एयरपोर्ट ओर्लना साथ सिधै उनी आफ्ना केही सहयोगीका साथ रमेश नेवा नाम गरेका बैधकोमा जानेछिन् । जो मसाजको माध्यमबाट मर्किएको उपचार गर्न निकै माहिर छन् । राजेन्द्र खड्गीको सिफारिसमा रेखा ती बैधकोमा जान लागेकी हुन् ।


दुर्घटनाको कारण सुटिङ स्थगित भएपछी निर्देशक  शोभित बस्नेत केही चिन्तित छन् । यध्यपी रेखालाई डक्टरले तीन दिन अनिवार्य बेड रेष्ट गर्न सल्लाह दिएपछी यो बीचमा केही ईन्सर्ट सिन खिच्ने शोभितले बताए । 'धन्न खुट्टा चाहि भाँचिएनछ नत्र ठूलै फसाद हुन्थ्यो', शोभितले भने । तर डक्टरले तीन दिन पछि पुनः चेकअपका लागि आउन आग्रह गरेकाले सुटिङ अगाडी बढाउने नबढाउने बिषयमा शोभित अलमलमा छन् ।


 रेखाको २० प्रतिशत जिवनीमा आधारित रहेको भनिएको सो फिल्मको फाईट सिन पोखराको शान्तिबनमा खिचिरहेको अवस्थामा १५ फिट माथिको उचाईबाट हाम फाल्ने क्रममा रेखा घाईते भएकी हुन् ।