मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेरो भ्यालेन्टाईन काठमाण्डू फिर्ता

फिल्मीखबर, काठमाण्डौ, 2012/06/05

एउटा गित खिच्न बाँकी राख्दै मेरो भ्यालेन्टाईन युनिट दश दिने चितवन बसाईबाट मंगलबार साँझ काठमाण्डू फर्किएको छ । गत जेठ १२ गते चितवन पुगेको सो युनिटले फिल्मको २५ प्रतिशत सुटिङ चितवनमा  गर्दै  गित बाहेकको अन्य सिन खिच्ने कार्य सकेको छ ।

 

सुरज सुब्बाको निर्देशनमा बनिरहेको फिल्मको अब एउटा मात्र गित खिच्न बाँकी रहेको सो युनिटले जनाएको छ । 'चर्को गर्मीका बाबजुत पनि अपेछित तरिकाले सुटिङ सक्यौ अब एउटा गित खिच्न बाँकी छ', काठमाण्डू फिर्ता भए लगत्तै निर्देशक सुब्बाले फिल्मीखबरलाई जानकारी गराए । उनका अनुसार यस अघि खिचिएको एउटा गित जुन पुरा हुन बाँकी छ र अर्को पुरै गित खिच्ना साथ फिल्मको प्याकअप हुने छ ।

 

बाबु बोगटी, स्वतन्त्र प्रताप शाह, निशा अधिकारी र सुस्मिता ढकाल मेन काष्ट रहेको सो फिल्मको सुटिङ गत बैशाख २१ गते देखि सुरू गरिएको थियो । फिल्म पूर्णरूपमा लभस्टोरीमा आधारित रहेको बताईएको छ । बाँकी गितको सुटिङ पनि बुधबार देखिनै गर्ने सो युनिटले तयारी गरेको छ ।  मुख्यत: आउदो असार ६ गतेका दिन सुब्बा प्रमिस भन्ने नयाँ फिल्म निर्देशनका लागि सिङ्गगापुर उड्ने कार्यक्रम छ जसको कारणले पनि उनले मेरो भ्यालेन्टाईनको सुटिङ तिब्र गतिमा सक्ने प्रयास गरेका हुन् ।

 

प्रमिश सुटिङ सकिए लगत्तै सुब्बाले मेरो भ्यालेन्टाईन र प्रमिशको प्रोष्टप्रोडक्सनको काम एकै साथ सक्ने योजना बनाएका छन् । मेरो भ्यालेन्टाईनलाई सफ्ट ईमेज प्रोडक्सन कम्पनीले निर्माण गरेको हो ।