
गोबिन्द शाहीको निर्माणमा रञ्जित रानाले निर्देशन गरेको फिल्म 'संसार आफ्नै' को नयाँ प्रोमो सार्वजनिक गरिएको छ । साउन १२ गते रिलिज हुने सो फिल्मको प्रचारप्रसारलाई निर्माता शाहीले अहिले तिब्र पारेका छन् ।
झरना थापा, गोविन्द शाही, सुमन सिंह, कमलकृष्ण, जेनी कुँवर, ममता प्रधान, शुभेच्छा थापा, सरोज केसीलगायतको अभिनय रहेको फिल्म संसार आफ्नै प्रेमकथामा आधारित छ । यसअघि कहाँ छौ कहाँबाट राम्रो प्रतिक्रिया पाएका निर्माता शाहीले यो फिल्मबाट पनि राम्रो सफलता पाउने आश व्यक्त गरे । फर्मुला शैलीमा निर्माण गरिएको सो फिल्ममा युवराज राईको छायांकन, बसन्त सापकोटा, तारा प्रकाश लिम्बु र चेतनसूर्यको संगीत, योगेश रायमाझीको कथा, कविराज गहतराज र गोबिन्द राईको नृत्य तथा अष्ट महर्जनको द्वन्द रहेको छ ।
क्यू सिस्टमबाट प्रदर्शन हुन लागेको उक्त फिल्ममा काठमाडौं, धादिङ, कुलेखानी, गोरखा, नुवाकोट, चित्लाङ लगायतका स्थानका रमणिय दृश्य हेर्न सकिनेछ । शाहीको यस पछि पराई नामक फिल्म प्रदर्शन हुनेछ भने पुलिसको सुटिङ छिट्टै गरिने भएको छ ।