मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छवि क्याम्पमा आर्यन फाईनल

फिल्मीखबर, काठमाण्डौ, 2012/06/05

सफल प्रोड्यूसर छवि ओझाको फिल्म किस्मतबाट डेब्यू गरेका अभिनेता आर्यन सिग्देलले उनको तीन वटा प्रोजेक्टमा निरन्तर खेले तर छवि पत्नी रेखा थापासंगको सम्बन्धमा आर्यनको उतारचढाव आएपछी सो क्याम्पमा आर्यन अटाएनन् । छविले सधै चाहान्थे आर्यनलाई आफ्नो ब्रान्डिङ हिरो बनाउन तर रेखाको अगाडी छविको केही नलागेपछी आर्यनले छविका पछिल्ला दुई प्रोजेक्ट गुमाउनु पर्यो । 

 
यस अघि रिलिज भएको अन्दाजमा आर्यनलाई नै खेलाउने छविले प्रस्ताव गरेका थिए तर रेखाले आफूलाई डोमिनेट गर्ने छनक देखेपछी आर्यनले अन्दाज खेल्न मानेन् र सो प्रोजेक्ट जिवन लुईटेलको पोल्टोमा पर्न गयो । रेखाको सम्बन्ध कलाकारसंग मात्र हैन स्वयम पति छवि ओझासंग पनि बिग्रीएकाले छविले रेखाको नाममा स्थापना गरिएको ब्यानर रेखा फिल्मस छदाछदै छविराज प्रोडक्सन दर्ता गरे । जुन दर्ताको समयका छविले रेखालाई देखाउनकै लागि आर्यनलाई अनुबन्धीत गरेको रहस्य खुलेको छ । फिल्मीखबरले यो बिषयमा जानकारी पाएपछी छविलाई प्रश्न गर्दा उनले बैशाख अन्तिम साता एग्रीमेन्ट भईसकेको जनाए ।  
 
बुझ्नमा आएको जानकारी अनुसार गड फादर छविको नयाँ फिल्ममा आर्यनले विना पारिश्रमिक खेल्ने निर्णय गरेका हुन् । तर फ्रि एग्रीमेन्टको बिषयमा छविले हास्दै यो कुरा पछि भनौला भन्दै कुरा टार्न खोजे । यस्तै आर्यनलाई पनि फिल्मीखबरले यो बिषयमा प्रश्न गर्दा उनले पनि एग्रीमेन्ट भईसकेको  तर पारिश्रमिक भने यती नै दिनुपर्छ  भनेर आफुले गडफादर संग नमागेको बताए ।
 
हिन्दि फिल्म जस्ती लाग्ने हमेसामा टाईटल राख्दै सविर श्रेष्ठको निर्देशनमा असार ७ गते देखि सो फिल्म फ्लोरमा जानेछ । रेखासंगको डिभोस्र प्रक्रिया अघि बढेकाले यो प्रोजेक्टमा रेखा हुने वा नहुने पक्का भैसकेको छैन । यध्यपी हिरोईन र नाम परिवर्तनको बिषयमा छविले भने, 'सवै कुरा असार७ गते थाहा हुन्छ अहिले केही भन्दैनौ ।'