
होम प्रोडक्सनको फिल्म बाबुसाहेव फल्प भएपछी त्यसको रन्काले झण्डै करिब चार बर्ष अमेरिका पलायन भएकी अभिनेत्री करिष्मा मानन्धर पुनः अमेरिका जाँदैछिन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार अबको केही साता भित्रै उनी अमेरिका जान लागेकी हुन् ।
केही हप्ता अघि छोरी कवितालाई अमेरिका पठाईसकेकी उनले मुड ह्याङ भएको भन्दै आफू पनि अमेरिका जाने तयारी गरेकी हुन् । जसका लागि उनले सोमबार सिटी सेन्टरमा सपिङ गर्न पनि भ्याएकी थिईन् । फिल्मीखबरसंगको कुराकानीमा उनले माईन्ड फ्रेस बनाउन लागि केही महिनाको लागि अमेरिका जान लागेको तर्क गरेकी छिन् । अमेरिका कति समय बस्ने भन्ने बारे उनले खुलाईनन् ।
चार बर्ष अमेरिका बसेर नेपाल फिर्ता भए लगत्तै उनले विगतको जस्तो सोलो रोल फिल्म मेकरहरुबाट अपेक्षा गरेकी थिईन् तर हिरोईनको उमेर न हो हिरोको दाँजोमा यो उमेरमा उनी त्यस्तो रोलको साटो आमा र भाउजुको रोलमा सिमित हुन पुगिन् । यति सम्मकी पुरानै अवस्थाको अनुहारको चमक देखाउन केही महिना अघि उनलेबैङकक गएको बेला अनुहारको रिङकल टाईट गर्न दश लाख खर्चिएको पनि बुझिएको छ तर यो कुरा गलत रहेको उनले तर्क गरेकी छिन् । यस अघि अमेरिकाबाट नेपाल फर्किदाको समयमा उनले आँखाको तलको भागको रिङकललाई टाईट गरेको उनी निकट श्रोत बताउँछ ।
यस्तै अमेरिका जाने भएपछी करिष्माले सुदर्शन थापाको अपकमिङ फिल्म धन्दा पनि छाडेकी छिन् । भाई मान्दै आएकी धन्दाको निर्माता बाबुराम दाहालको आग्रहमा करिष्माले यो फिल्ममा पहिलो पटक शसक्त नेगेटिभ भूमिका निभाउने तयारी गरेकी थिईन् जुन खबरलाई एक महिना अघि फिल्मीखबरले सार्वजनिक गरेको थियो । तर अमेरिका जाने भएपछी धन्दा टिमले उनको स्थानमा भूवन केसीको पूर्व पत्नी सुस्मिता केसी बम्बजनलाई अनुबन्धीत गरेको छ ।
यो बिषयमा कुरा गर्दै निर्देशक थापाले भने, '५० प्रतिशत सुटिङ सकिएपछी एक महिनाको लागि सुटिङ ब्रेक गरिन्छ त्यसपश्चात अर्पणको नयाँ लुक्स आएपछी पुनः सुटिङ हुने हुँदा करिष्मा दिदीको टाईम नमिल्ने भएकाले हामीले सहमतिमै सुस्मिता जीलाई लिने निर्णय गरेका हौं ।' धन्दाको यहि जेठ २६ देखि सुटिङ सुरु गरिदैछ जहाँ ब्याच नम्बर डेब्यू एक्टर अर्पण थापा लिड रोलमा छन् । उनको फिल्ममा अर्पणको दुई लुक्स हुने हुँदा एक महिनाको ब्रेक राख्दै सुर्दशनले पुनः धन्दा खिच्ने छन् ।
म तिमी विना मरिहाल्छु रिलिज भएको तीन बर्ष पश्चात सुस्मिता धन्दा मार्फत पुनः पर्दामा देखिन लागेकी हुन् । धन्दाको नेगेटिभ चरित्रले सुस्मितालाई कुन मोडमा पुर्याउँछ हेर्न बाँकी छ ।