
राजेश हमाललाई दिएको महानायको ट्याग कतिलाई मन परेको छ होला त्यो आफ्नो ठाउँमा छ तर हमालको सहयात्री करिष्मा मानन्धरले भने उनलाई दिएको महानायको ट्याग परिवर्तन गर्नु पर्ने तर्क राखेकी छिन् ।
रङ फिल्मको सुटिङ सेटमा भेटिएका उनीहरुको यो बिषयमा सभ्य शैलीमा एक आपसमा बादविवाद भएको थियो । विशेषत: करिष्माले हमाललाई आगामी दिनमा महानायक हैन बाबाजी भन्नु पर्ने तर्क अघि सारेकी छिन् । जसको मुल जड महानायकले विवाह नगर्नु रहेको थियो । करिष्माले हमाललाई विवाह किन नगर्नु भएको भन्ने प्रश्न गरेपछी हमालले चर्को स्वरमा विवाह आफ्नो लागि नितान्त ब्यक्तिगत दृष्टीकोण रहेको बताउदै आफूलाई यो बिषयमा अरुले सहि भन्नु पर्ने कारण नरहेको तर्क गरेपछी उनीहरुको गफ लम्बिएको थियो । जुन दृश्यलाई फिल्मीखबरले एक्सक्लुसिभ रुपमा खिच्न सफल भएको छ ।
५० बर्ष पुगिसक्दा पनि हमालको विवाह नभएको बिषयले जसरी मार्केटमा चर्चा बटुलेको छ यो बिषयलाई करिष्माले उनी सुपरस्टार भएकाले सर्वत्र चर्चा भएको भन्दै विवाहको बारेमा हमालले चाडै सोच्नु पर्ने तर्क सारेकी छिन् । उनले ब्यक्तिगत रुपमा हमालको विवाहको चिन्ता भन्दा पनि शुभचिन्तकले यो बिषयमा चासो दिएकाले विवाह गर्न आग्रह गरेकी हुन् । प्रति प्रश्नमा हमालले शुभचिन्तकले आफ्नो विवाह किन चाहन्छ भन्ने प्रश्न उल्टै गरेपछी करिश्माले पनि जवाफ भुईमा झर्न नपाउदै आफूले आफैलाई यो प्रश्न गर्न हमाललाई आग्रह गरिन् ।
यसैगरी फिल्मीखबरले हमालको लागि तपाईले कोही युवती हेरिदिनु भएको छ भन्ने प्रश्न गर्दा करिष्माले घुर्की शैलीले आफूले ब्यक्तिगत रुपमा किन हेर्ने भन्ने जवाफ दिन नपाउदै हमालले बाघले आफ्नो सिकार आफै गर्छ भन्दै करिष्मा प्रति काउन्टर क्रस गरे । जसलाई भिडियोमा हेर्न सकिन्छ । हमालले मानिस प्रेममा परेपछी कहि न कतै नैरश्यता भोग्नु र पिडा भोग्नु पर्ने तर्क सारिरहदा करिष्माले हमाललको बोलीलाई पुनः क्रस गर्दै बाबाजी भनेर सम्बोधन गरिन् । उनले साधुहरुले विहे गर्दैन् भन्ने घुमाउरो तर्क सहित हमालको महानायक पद हटाएर बाबाजी भन्नु पर्ने तर्क सारेकी हुन् ।
यता महानायकले बाबाजीको पद दिए पछि करिष्मालाई प्रश्न गरे, 'त्यसो भए तपाईंले बाबाजीको अतिथी सत्कार कसरी गर्नु हुन्छ ?' महानायको उक्त प्रश्न झर्ने बित्तिकै करिष्मा भने नाजवाफ भईन् ।
एक्सक्लुसिभ रुपमा हेर्नुस् राजेश र करिष्माको बाबाजी प्रसङ्गको रमाईलो भिडियो -