मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

घेराबन्दीमा महानायक

फिल्मीखबर, काठमाण्डौ, 2012/06/04

महानायक राजेश हमाल आफ्ना फ्यानहरुको घेराबन्दीमा धेरै पटक परेका छन् । आईतबार रङ फिल्मको सुटिङका लागि त्रिभुवन विश्वविद्यालय किर्तिपुरको शिक्षा संकायको लवीमा  युवा विद्यार्थीको घेराबन्दीमा परेपछी सो माहोलबाट बाहिर निस्कन उनले निकै सास्ती खेप्नु पर्‍यो ।

 

जव हमाल एक टेलिभिजन च्यानलाई ईन्टरभ्यू दिन रेडी भए तव महानायकलाई हेर्न विद्यार्थीको हुल निकै बढ्यो । उनलाई अटोग्राफ दिन भ्याईनभ्याई भएको थियो । स्नातकोत्तर तहमा पढ्दै गरेका विद्यार्थीले हात तेर्स्याएर अटोग्राफ मागेपछि निर्धारित समयको सुटिङ महानायकको कारण केही बेर ढिला समेत भएको थियो ।


हाफ पाइन्ट र टिसर्टमा फ्यानसंग घेरिदा उनको सुगठित शरिरको  विद्यार्थीहरुले प्रशंशा गरेका थिए त्यस मध्ये उनको लामो कपालको फ्यान पनि धेरै रहेको भेटियो । 'फिल्ममा हेरिरहन्थ्यौं तर आज लाईभ देख्दा अर्के मज्जा भयो', हरी बस्नेत नाम गरेका एक विद्यार्थीले भने । फ्यानहरुको घेराबन्दीबाट निस्किएको हुटिङले महानायक पनि दङ्ग थिए ।

 

रङको सुटिङ अवलोकन गर्न आईपुगेकी गायिका मल्लिका कार्की र गायक रुपक डोटेलले महानायकलाई फ्यानहरुले घेरेको देखेर हर्षित बनेका थिए । उनीहरूको भनाई थियो, 'कलाकारको क्रेज होस् त यस्तो ।'