मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

भदौमा लूट कम्पनी

फिल्मीखबर, काठमाण्डौ, 2012/06/04

कानुन विपरित समाजमा हुने अपराधका घटनाहरूलाई मुख्य बिषय बनाएर निर्माण गरिएको फिल्म 'लूट कम्पनी' भाद्र महिनामा रिलिज गरिने बताईएको छ ।  निर्देशक सुरज चन्दले फिल्मको हाल राजधानीमा पोष्टप्रोडक्सनको काम भईरहेको फिल्मीखबरलाई बताए ।

 

अधिकांश नयाँ अनुहारलाई लिएर पहिलो पटक फिल्म निर्देशन गरेका सुरजले अनुहार नयाँ भए पनि काम एकदमै राम्रो गरेको बताए । उनले भने, 'हाम्रो अधिकांश सदस्य नयाँ छन् तर काम सोचे भन्दा राम्रो भएको छ ।' दिलकृष्ण श्रेष्ठ, प्रज्वल गिरी, सञ्जोग राना, निश्चल दाहाल, भुवन भुजेल, अलिया खतिवडा, दीपा थापा लगायतको अभिनय रहेको सो फिल्म श्रेष्ठ इन्टरनेशनल प्रालिको व्यानरमा बनेको हो ।

 

गणेश चौधरीको संगीत रहेको सो फिल्ममा निरज कडेंलको छायाँकन, शंकर महर्जनको द्धन्द, कविराज गहतराज र अजय स्याङ्देनको नृत्य तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ । गत बर्षको ब्लकबस्टर फिल्म 'लूट' बाट आफूहरू प्रभावित भएर फिल्म नबनाएको निर्देशकले बताए । उनले भने, 'हामीले त्यो फिल्म रिलिज नहुँदै काम गर्ने तयारी गरिसकेका थियौं ।'

सुरज  चन्द अभिनेत्री पुजा चन्दका पूर्व पति हुन ।