
महानायक राजेश हमालको बेफुर्सदिका कारण एक गितको सुटिङ गर्न महिनौ कुरेका निर्देशक रोशन हमालले आईतबार बल्ल आफ्नो फिल्मको पूर्ण छायाकंन सकेका छन् । कहिले लण्डन त कहिले एकै दिनमा तीन बढी सिफ्टमा काम गर्दा हमालको बेफुर्सदले रोशनले रङमा महानायकको केमियो सिनलाई खिच्न पाएका थिएनन् तर आईतबार भने आफ्ना गड फादरले पूर्ण समय दिएपछी रोशनले अड्किएको रंङको एक गितलाई खिचे । गितमा सुमन सिंह र दीपशिखा शाहीको ग्रुप डान्स देख्न सकिन्छ भने सो समारोहमा दीपशिखालाई अवार्ड दिन करिश्मा र हमाल अतिथि भएर देखा परेका हुन्छन् ।
तपाईले फिल्म निर्देशन गर्ने कुरा आईराख्या छ तर रोशन जि जो तपाईसंगै विगत डेढ दशक देखि संगै हुनुहुन्छ उहाँ नै निर्देशक भएर आउनु भयो कस्तो लागिराछ ? भन्ने प्रश्नमा महानायकले भने, 'पक्कै पनि मैले फिल्म निर्देशन गर्ने कुरा गरेको हुँ तर रोशनलाई नै हेरौं न उसले एउटा फिल्म बनाउन लागेको महिनौं भईसक्यो त्यसैले जव म अलि बढी फुर्सदमा रहन्छु त्यतिबेला मात्र फिल्म निर्देशनमा आउछु ।'
यस्तै महानायकले मामा दिपक रायमाझीको अन्तिम फिल्म डेष्टीनेशन काठमाण्डूलाई प्रोडक्सन पक्षले जति सक्दो छिटो निर्देशनका लागि आग्रह गर्छ आफू फिल्म निर्देशनका लागि तयार रहेको बताए । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार पैसाका बिषयमा प्रोड्यूसरहरुको आपसी झगडाले डेष्टीनेशन काठमाण्डू तयार हुने सम्भावना न्यून छ । यस्तै डेष्टीनेशन काठमाण्डूकी अष्ट्रेलियन हिरोईन सारा मावेले आफूलाई दिएको ८ हजार डलर पारिश्रमिक थोर भएकाले पनि यो फिल्म खेल्न नचाईरहेको बुझिएको छ ।
आईतबार खिचिएको रंङ गित बाहेक अन्य सवै सिन को सम्पादन सहित अन्य प्रोष्टप्रोडक्सनको काम सकिसकेका रोशनले केही दिन भित्र फिल्मको रिलिजको डेट घोषणा गर्ने बताएका छन् । उता कोरियोग्राफर दिनेश अधिकारीले अत्यन्त मिहिनेतले यो फिल्म तयार गरिएकाले कुनै किसिमको छाप इन्डष्ट्रिमा छाड्ने बताएका छन् । केमियो रोल भए पनि रोशनको काम गराईले आफूलाई प्रभावित बनाएको करिश्माले भन्न बिर्सिनन् ।
हिरो सुमन सिंह जसको यो बर्ष ८ वटा फिल्म रिलिज लिष्टमा छन् त्यस मध्येको एक उत्कृष्ट फिल्म रङ रहेको उनले बताए । उनले भने, 'पक्कै पनि यो फिल्मबाट राम्रै नतिजा आउछ ।' यसैगरी मुकेश आचार्य पनि सो फिल्मका एक प्रमुख कलाकार हुने उनले पनि रोशनको फिल्म निर्देशन गर्ने शैलीले आफूलाई प्रभावित बनाएको बताए । उता फष्टलभ जस्तो फिल्म खिचेका हरि हुमागाई पनि यो फिल्मबाट एक किसिमको प्रशंशा पाउनेमा ढुक्क छन् ।