
बिगत केहि बर्ष देखि नेपाली फिल्मको कलर करेक्सन गर्दै आएका सुदिप श्रेष्ठ र सहायक निर्देशक भई काम गर्दै आएका साजन श्रेष्ठले स्वयम्भु स्थित सानो भर्याङ्मा कलर करेक्सन स्टुडियो स्थापना गरेका छन् ।
युनिभर्सल कलर ग्रेडिङ स्टुडियो नामाकरण गरि स्थापना गरिएको सो स्टुडियोमा हाल दुई फिल्म 'बिन्दास' र 'माई ब्रदर' को पोष्टप्रोडक्सनको काम भईरहेको छ । बिशेष गरी फिल्मको कलर मात्र गरिने सो स्टुडियोमा पोष्ट प्रोडक्सनको सम्पूर्ण काम पनि गरिनेछ । सञ्चालक सुदिप भन्छन्,'हाम्रो अफिसमा पोष्ट प्रोडक्सनको सम्पूर्ण काम हुने भएता पनि हामीले कलर करेक्सनलाई मात्र प्राथमिकता दिनेछौं ।' कलर करेक्सनका लागि मात्र भनेर २० लाख खर्च गरि स्क्रेच कम्पनीबाट जेन्युन सफ्टवेर झिकाएको सुदिपको भनाई छ ।
करिब ३० लाखको बजेटमा निर्माण गरिएको सो स्टुडियोले सस्तोमा सुबिधायुक्त स्तरिय सेवा प्रदान गर्ने सुदिप बताउँछन् । उनी भन्छन्,'हामीले कसैसँग प्रतिष्पर्धा नगरी आफ्नो कामलाई अगाडी बढाउने छौं । एउटा फिल्मको काम सकेपछि मात्र अर्को काममा हात हाल्ने बताउँदै सुदिप थप्छन्, 'फिल्मकर्मीलाई खुसी बनाउनु नै हाम्रो सन्तुष्टी हो ।' एक बर्षमा दुई वटा सम्म होम प्रोडक्सनमा फिल्म बनाउने बताउँदै सुदिपले पहिलो प्रोजेक्ट साजनको निर्देशनमा 'च्याम्पियन' बनाउने बताए । यो फिल्म बक्सिङ खेल सँग सम्बन्धित हुनेछ ।