
थ्री लभर्स सुटिङ टाईममा हिरोईन प्रियंका कार्कीले फिल्मीखबरसंगको कुराकानीमा भनेकी थिईन्, 'मलाई आर्यन सिग्देलसंग फिल्म खेल्न अत्यन्त ईच्छा छ ।' बधाई छ प्रियंका जसले छोटो समयमै आफ्नो ईच्छा पुरा गर्ने मौका पाएकी छिन् । नरेश पौडेलले निर्देशन गर्ने लभस्टोरी फिल्म स्वीट ड्रिम्सका लागि प्रियंका र आर्यन फाईनल भएका छन् । श्रावण महिना देखि फ्लोरमा जाने सो फिल्मलाई नरेशको होम प्रोडक्सन कम्पनी अमृता आर्टसले निर्माण गर्न लागेको हो । जसको बजेट ५० लाख छुट्टयाईएको छ ।
नरेशले केही महिना अघि देखिनै यो फिल्म निर्देशनका लागि पोखराको फ्रेस लोकेशन फाईनल गरेका थिए साथै फिल्मका लागि नयाँ कलाकार छनौटमा पनि उनी ब्यस्त थिए तर पचास बढी नयाँ अनुहार खोजी गर्दा पनि उनले उपयुक्त कलाकार भेटेनन् अनि आर्यन र प्रियकांलाई फाईनल गरे । स्वीट ड्रिम्समा रावण डेब्यू हिरो किशोर खतिवडा पनि लिड रोलमा अनुबन्धीत गरिएको नरेशले बताए । उनले भने, 'प्रियंका र आर्यनको जोडी फाईनल भयो किशोरको हिरोईन फाईनल हुन अझै बाँकी छ ।'
फिल्मका लागि फाईट मास्टरमा हिमाल केसी र पहिलो पटक फिल्मी म्यूजिकमा सोलो संगीतकारको रूपमा गायिका अन्जु पन्तको श्रीमान मनोजराज सेवा फाईनल भएको उनले बताए । धडकन सुपरहिट भएपछी चार बर्ष पश्चात नरेशले दीपशिखा निर्माण गरेका थिए जसको लेखक अरूणिमा लम्साल थिईन् तर फल्प रिलिज सिजनमा उनको सो फिल्म पनि नराम्ररी फल्प भएपछी अरूणिमासंगको उनको यात्रा सोही फिल्मबाट टुङ्गिएपछि उनले आफ्नो क्याम्पमा नयाँ कलाकार फाइनल गरेका हुन् ।
नवौ प्रोजेक्ट दीपशिखा सम्म सेलुलोईडबाट फिल्म खिच्दै आएका नरेशले डिजिटललाई आत्मासाथ गर्दै यो पटक देखि फोर के क्यामेराको सहयोगले स्वीट ड्रिम्स खिच्दैछन् ।