मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

मायाज बारमा महानायकको विकल्प डेनी

फिल्मीखबर, काठमाण्डौ, 2012/06/02

केहि दिन अगाडी मात्र सुटिङ सकिएको फिल्म 'मायाज बार' मा महानायक राजेश हमाल खलपात्रको रूपमा प्रस्तुत भएको जानकारी कतिले थाहा पाउनु भयो होला त कतिले पाउनु भएको छैन । तर महानायकले सो फिल्म खेल्न नमानेको भए त्यसको विकल्प को हुन्थ्यो होलाको अनुमान जो कोहीले सक्दैन थिए होला ।

 

फिल्मका निर्देशक दिनेश डिसीले भने यो कुराको रहस्य खुलाएका छन् । महानायकको कारणले गर्दा पनि सुटिङ बर्षौं सम्म गर्न नसकेका निर्देशक डिसीले यसपाली भने उनलाई नकुर्ने मुड बनाई सकेका थिए । फिल्मीखबरको बिशेष कुराकानीमा डिसी भन्दै थिए, 'यदि राजेश दाईले हाम्रो प्रस्तावलाई नस्विकार्नु भएको भए हामीले नेपाली मुलका भारतिय फिल्मका चर्चित खलपात्र डेनी डेन्जोङ्पालाई प्रस्ताव गर्ने तयारी गरेका थियौं ।'

 

फिल्मका लागि चाहिने महानायकको जस्तो पर्सनालिटी डेनीको मात्र भएकाले महंगो मूल्य चुकाएर भने पनि उनलाई ल्याउने पहल गर्ने तयारी समेत गरेको डिसीले बताए । उनले भने, 'म फिल्मका कम्रमाईक गर्दिन र मैले निर्मातासँग पनि सल्लाह गरिसकेको थिएँ तर राजेश दाईले नै ओके भन्नु भयो जसले गर्दा हामी त्यो झन्झटमा परेनौं ।' फिल्ममा हमाल पहिलो पटक भिलेनको रूपमा देखिन लागेकोले उनको फिल्म हेरेर वाक्क भएका दर्शकलाई मायाज बारले सन्तुष्ट बनाउने डिसीले दाबि गरे ।

 

हमाल नेगेटिभ पात्र भए पनि उनको अभिनय र व्यक्तित्व हेरेर दर्शकको आँखाले आनन्द पाउने डिसी बताउँछन् । डिसिले भने जस्तो हमाल देखिन्छन् या देखिन्न त्यसका लागि साउन १८ गते सम्म कुर्न पर्ने हुन्छ । कारण मायाज बार साउन १८ गते राजधानी बाहिर र १९ गते राजधानीका हलमा लाग्नेछ । डिसीसँग फिल्मीखबरले गरेको बिशेष कुराकानी भने केहि समय पछि हामीले प्रकाशित गर्नेछौं ।