
समग्र फिल्म उद्योगकै बेईज्जत गराउने प्रकृतिको प्रोमो सार्वजनिक गरेका कारण समाजबाट बहिस्कृत हुने अवस्था आएपछी निर्माता दिनेश थापाले आधिकारिक अकाउण्टबाट सो फिल्मको प्रोमो हटाएका छन् । तीन दिनमै प्रोमो भिजिटर संख्या साढे दुई लाख पुगेको थियो । अन्य निजि एकाउन्टमा भने सो फिल्मको प्रोमो अझै भेटिएको छ ।
ब्लु फिल्म सरह निर्माण भएको सो फिल्मलाई प्रतिबन्ध लगाउन चौतर्फी दवाव बढेपछी थापाले प्रोमो हटाएका हुन् । यस्तै थापाले भद्धा प्रोमोको बिषयमा शनिबार न्यूज २४ मा अर्न्तवार्ता दिने क्रममा माफी पनि मागेका छन् । उनले फिल्मीखबरसंगको सम्बादमा पनि मागी मागे । अश्लिल फिल्म बनाएकाले उनलाई केही निर्देशक स्वयम निर्माता संघ लगायतका सरोकारवाला निकायले कारबाही गर्नुपर्ने आवाज उठाएका थिए जस अनुरुप चौतर्फी दबाव झेल्न नसकेपछी उनी लच्किदै प्रोमो हटाउन बाध्य भएका हुन् ।
यसैगरी अर्न्तराष्ट्रिय स्तरमा रहेका नेपालीहरुले एटिएम प्रोमोका कारण नेपाली फिल्म उद्योगको बेईज्जती भएको भन्दै लिखित रुपमै चलचित्र बिकास बोर्डमा उजुरी दिएकाले पनि बोर्ड एटिएम कारबाहीको बिषयमा थप अग्रसर भएको छ । जस अनुरुप सेन्सर बोर्डले आफ्नो कारबाही प्रक्रिया यो फिल्म माथि कसरी अघि बढाउछ भन्दै बोर्ड कारबाहीको नतिजामा छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार भोली आईतबार अपरान्ह सम्म सेन्सर बोर्डले यो बिषयमा आफ्नो आधिकारिक धारणा तय गर्ने छ ।
बुझिएको खबर अनुसार आईतबार बस्ने सेन्सर बोर्डको बैठकले आचारसंहिताको विषयमा नयाँ नियम अघि सार्दैछ । सम्भवत: समग्र फिल्मको सेन्सर नभई सामाजिक संजाल र संचारमाध्यमबाट पहिले नै प्रोमो सार्वजनिक गर्न नपाईने कडा नियम सेन्सर बोर्डले ल्याउने तयारी गरेको बताईएको छ । यता सो फिल्मका मुख्य पात्र भएर खेलेका दिनेश थापाले आफूलाई चर्को दवाव आएकाले प्रोमो हटाएको बताएका छन् । फिल्मीखबरलाई उनले यो ईश्युलाई नचर्काउन आग्रह गर्दै सेन्सरले चालेको कदम अनुरुप फिल्म चलाउने लचकता देखाएका छन् ।
फिल्मीखबरसंग कुरा गर्दै दिनेशले भने, 'हिजो अस्ति सम्म सेन्सरले कति सम्मको दृश्य र सम्बाद सेन्सर गरेको थियो सोही अनुरुप मेरो फिल्मको पनि सेन्सर गरेर रिलिज गर्न म तयार छु । तर थापाले यसो भने पनि सम्भवत: उनको फिल्मको सेन्सर नहुने अवस्था छ । किनकि प्रोमोको बिषयमा यति ठूलो कन्ट्रोभर्सी नेपाली फिल्मी ईतिहासमा कहिलै भएको थिएन तसर्थ सो फिल्मको सेन्सर गराउने भन्दा पनि प्रतिबन्ध लगाईन चौतर्फी माग बढेकाले सेन्सर बोर्डले जनताको मत सुन्न सक्ने प्रबल सम्भावना रहेको बुझिएको छ ।
यसैगरी थापाले निर्माता संघले दिएको ४८ घण्टे अल्टिमेटमको १२ घण्टा पुग्न नपाई शनिबार लिखित जवाफ पनि दिएका छन् । उनले लिखित जवाफमा डविङ बिनाको प्रोमो साथीको हातबाट सार्वजनिक भएको भनी तर्क दिएका छन् । सेन्सर पश्चात यो फिल्म चलाउन दिनुपर्छ वा फिल्मलाई सेन्सर नै नगरी रिलिजमा प्रतिबन्ध लगाउनु पर्छ । कमेन्ट बक्समा गई मत ब्यक्त गर्नु होला ।