
सरकारले कतारमा अर्न्तराष्ट्रिय स्तरको फिल्मी अवार्ड कार्यक्रम गर्ने योजना बनाईरहेको बेला नेपाली फिल्मको लागि राम्रो बजार बन्दै गईरहेको दुबई शहरमा पनि अर्न्तराष्ट्रिय स्तरको अवार्ड कार्यक्रम हुने भएको छ l
दुबईमा पहिलो पटक छबिलाल कन्जुस छैन र मजबुर जस्ता फिल्म प्रदर्शन गरी कामको थालनी गरेको सनहिल्स सिनेमा प्रोडक्सन (दुबई) र बक्स अफिस फिल्मी क्लब नेपालले उक्त अवार्ड कार्यक्रम गर्ने जमर्को गरेका हुन् l अवार्डको नाम "बक्स अफिस फिल्म अवार्ड २०६९" रहनेछ भने यसको आयोजक आरके सुबेदी रहने छन् l अक्टोबर ११-१२ सम्म चल्ने उक्त कार्यक्रममा अवार्डको साथै नेपाली फिल्मी कलाकार र दुबई एन.आर.एन. बीच फुटबल प्रतियोगिता पनि हुनेछ l
कार्यक्रममा राजेश पायल राई, दिपक लिम्बु, बाबु बोगटी, यस कुमार, दीपाश्री निरौला, बद्रि पंगेनी, शंकर बिसी, माण्डबी त्रिपाठी, नरेश भटराई र निशा सुनुवारको प्रस्तुति देख्न पाइने आयोजकको भनाई छ । दुबईमा यस कार्यक्रमलाई सनहिल्स सिनेमा प्रोडक्सन (दुबई) का सुर्य अधिकारी, सुमन खांड र संजय खरेलले संयोजकको रुपमा जिम्बेवारी सम्हाल्ने छन् l