
असार १ गतेको रिलिज डेट स्थगित गर्दै हाईवे एक महिना पर धकेलिएपछी सो मितिमा शोभित बस्नेत निर्देशित फिल्म प्लान लाग्ने भएको छ । गत जेठ पाँचको अस्थिर राजनीति र बन्दको प्रभावका कारण रिलिज स्थगित गरिएको सो फिल्मलाई असार १ गते देखि देशब्यापी रिलिज गरिने फिक्स भएको प्रोड्युसर कविता श्रेष्ठले जानकारी दिएकी छिन् । 'अस्ति बन्दले रिलिज गर्न पाईएन तर अब बन्द नहोला जस्तो छ त्यसैले एक गते रिलिज गर्ने पूरै तयारीमा जुटेका छौ' उनले भनिन् ।
डिसिएन सर्भर अर्न्तगतका ५० बढी हलबाट एक साथ प्रदर्शनमा आउने सो फिल्ममा राजेन्द्र खड्गीको छोरी रागिनी र मुकेश ढकाल लिड रोलमा छिन् । यसैगरी अनुष्का ढकाल, अनिता दाहाल र धुर्ब न्यौपाने पनि सो फिल्मका मुख्य कलाकार हुन् । यो फिल्ममा धिरेन शाक्यको विशेष भूमिका छ । हिरोईन रेजिना उप्रेतीसंग मिलेर पहिलो फिल्मको रुपमा बरदान निर्माण गरेकी कविताले रिलिजको हिसावमा भने दोस्रो फिल्म प्लान अगाडी रिलिज गर्नुपर्यो ।
कविताले भनिन्, 'बरदान पनि रिलिज गर्ने भनेको के मिल्या छैन के तर पनि श्रावण सम्ममा रिलिज गर्ने कुरा भईराख्या छ ।' विशेषत रेजिना युरोप भ्रमणमा रहेकाले पनि बरदानको प्रोमोशन गतिविधि अगाडी बढाउन नसकेको उनले बताईन् ।
प्लानसंगै सो मितिमा अपबाद पनि लाग्दैछ । सुवास कोईराला निर्देशित फिल्म अपवादमा राजबल्लभ कोईराला र निशा अधिकारी मुख्य भुमिकामा छन् ।