
झण्डै एक महिना अघि मुहर्त भएको चलचित्र 'ए ६९' को नाम सुन्दा अधिकांशले अनौठो महसुस गरेका थिए । यसअघि पर्खिराख है र दुलहीको निर्देशन गरिसकेका बाबुराम ढकालको निर्देशन तथा रमेश सम्वेदनाको निर्माण रहने सो फिल्मको नाम अन्तत परिवर्तन गरिएको छ ।
पश्चिमी मुलुकहरुमा 'ए ६९' को अर्थ ओरल सेक्स अर्थात मुखमैथुन हुने भन्ने कुराको सुईको पाएपछि निर्माण पक्षले फिल्मको नाम फेरेको हो । अब ए ६९ परिवर्तन भएर बन्नेछ '9 o'clock' । मुहुर्तमा ए ६९ का निमित्त कलाकारहरुको पनि टुंगो लागेको थिएन । तर सो फिल्ममा अब को को कलाकार हुनेछन् भन्ने कुराको जानकारी पनि हामीसंग छ । सुमिना घिमिरे, दिक्षा रानी, धुर्ब दत्त फिल्मका मुख्य कलाकारमा छनौट गरिएको खबर छ ।
तर यि कुराहरुको औपचारिक जानकारी यहि २२ गते एक पत्रकार सम्मेलन आयोजना गरी मिडियालाई जानकारी गराउने सो युनिटको तयारी छ । यद्यपी फिल्मीखबरले भने यसको सुईको पहिले नै पायो ।