मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

व्याकग्राउन्ड म्युजिकमा एलिसको अग्निपरिक्षा

फिल्मीखबर, काठमाण्डौ, 2012/06/01

नेपाली फिल्म राम्रो बन्नुमा महत्वपूर्ण भुमिका व्याकग्राउन्ड म्युजिकको पनि हुन्छ । वास्तवमा भन्दा ब्याकग्राउण्ड म्युजिकले नै फिल्मलाई माथी उठाउँछ । यहि पेशमा २ बर्ष देखि लाग्दै छोटो समयमा नै सबैको मन जित्न सफल भएका छन् एलिस कार्की ।
 

स्वर्गिय दीपक रायमाझीको फिल्म 'चाँडै आउ है' बाट व्याकग्राउण्ड म्युजिकको यात्रा आरम्भ गरेका एलिसले यो दुई बर्षे आफ्नो संघर्ष मैदानमा दुई दर्जन जति फिल्ममा काम गरिसके । एसएलसी दिने बित्तिकै श्रुती सिंह ठकुरीको एल्बममा गीत र संगीत दिएका २१ बर्षे एलिसले पहिलो माया हो मेरो, जब जब माया बस्छ, सम्झीराख है, प्रेमिका, दुलही रानी, ब्ल्याक मेल, मृगतृष्णा, मन पराएँ माया लाएँ, फेसबुक फिल्ममा व्याकग्राउण्ड म्युजिक भरिसकेका छन् । यस्तै ओम , सान, कोहि त छ, माया गर ल, धडकन भित्र  लगायतका फिल्ममा पनि उनले  काम गरिरहेका छन् ।

 

एरेञ्जर बाबु अमुल कार्कीको प्रेरणा र सहयोगले संगीतको दुनियाँमा प्रवेश गरेका यि युवाले काम सोचे जस्तो सजिलो नभई निकै च्यालेञ्जिङ भएको बताए । उनले भने, 'हस्तिहरूको भिडमा मैले काम पाउन सोचे जस्तो सहज थिएन तर मेरो मेहनत, परिश्रम र आत्मबिश्वासले आज सबैको मन जित्न सकेको छु जस्तो लागेको छ ।' पुराना निर्देशक तुलसी घिमिरे देखि सुरज सुब्बा हुँदै नयाँ निर्देशक रोशन हमालसँग काम गर्ने मौका पाएका एलिसले शुरूमा आफूलाई कसैले बिश्वास नगरेको बताए । उनले भने, 'मैले डेमो मार्फत अग्नि परिक्षा दिनु परेको थियो । अन्तत: म आफ्नो अग्निपरिक्षामा पास भएँ र आज मेरो अगाडी कामको कमी छैन ।'

 

रंग फिल्मको टाईटल गीतमा संगीत समेत दिएका एलिसले आगामी दिनमा पार्श्व संगीतकारको परिचय पनि बनाउन बताए । उनले भने, 'यसअघि एल्बममा त संगीत भरिसकेको छु अब फिल्ममा पनि काम गर्ने तयारी गर्दैछु ।' हरेक कामलाई आफूले च्यालेञ्जको रूपमा लिने बताउँदै एलिस भन्छन्, 'मलाई जस्ले बिश्वास गरेर काम गर्ने मौका दिनु हुन्छ म उहाँहरूको बिश्वासलाई मर्न दिन्न ।'

 

हाल बिबिएस पहिलो बर्षमा अध्ययन गरिरहेका एलिसले पढाई सँगै संगीतलाई पनि अगाडी बढाएर यहि क्षेत्रमा स्थापित हुने लक्ष्य राखेको बताए । घरको म्युजिकल वातावरणमा हुर्केका उनले  नेपाल म्युजिक सेन्टरबाट क्लासिकल संगीतको अध्ययन हुन्  । भर्खरै मात्र काम सकेको सस्पेन्स थ्रील फिल्म फेसबुक, ब्ल्याकमेल, रंगबाट धेरै नै आश राखेको एलिसको भनाई छ ।